नेपाल समाचारपत्र, काठमाडौं ।
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले कुटेका उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् ।
सचिव झालाई आइतबार दिउँसो मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाइ कुटपीट गरेका थिए । मन्त्री यादवको कुटपिटबाट सचिव झाको मुख सुन्निएको, दाँया हातमा चोट लागेको र कम्मर दुखेका कारण अस्पताल भर्ना भएको पारिवारिक स्रोतले जनाएको छ ।
सचिव झालाई आइतबार राति नै जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना गरिएको छ ।











प्रतिक्रिया