अनसनरत डा. केसीलाई अस्पताल लगियो

0
Shares

नेपाल समाचारपत्र, इलाम ।
गत ६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई जिल्ला अस्पताल इलाम लगिएको छ । डा.केसीले आफूसँग भएको सहमति कार्यान्वयनको माग राख्दै १६औँ पटक अनसन बसेका हुन् ।

डा. केसीको खस्किँदो स्वास्थ्य र चिकित्सकहरुको आग्रहमा सोमबार बिहान अस्पताल लगिएको हो ।

उनी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसन बस्दै आएका थिए ।
उनको अनसन भने जारी छ ।