काठमाडाैं । काठमाडाैं उपत्यकाको तापक्रम घटेसँगै चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहानको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार आइतबारदेखि न्युनतम तापक्रम घटेको हो । गएको शनिबार काठमाण्डुको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस थियो । पश्चिमी वायुको प्रभावले बदली भएका कारण गएको साता तापक्रममा निकै उतारचढाव आएको थियो ।
यसवर्ष अहिलेसम्म सबैभन्दा कम न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियसम्म पुगेको छ । सोमबार काठमाण्डुसहित देशका धेरै ठाउँको मौसम सामान्यतया सफा हुने मौसमविद्ले बताएका छन् ।











प्रतिक्रिया