पत्रकार र रोटरीबीच अन्तरक्रिया

0
Shares

काठमाडौं, (नेस) ।
रोटरी क्लव अफ जावालाखेलले बिहीबार ललितपुरमा पत्रकारसँग अन्तरक्रिया गरेको छ ।

रोटरीका गतिविधि राम्रो भएपनि सञ्चारमाध्यममा स्थान नपाएको भन्दै क्लबले गुनासो गरेको छ ।

पत्रकारिताका माध्यमबाट आफूले गरेका सामाजिक गतिविधि जनतामाझ प्रचार गरिदिन कार्यक्रमका प्रमुख अतिथि तथा डिस्ट्रिक्ट गर्भनर चिन्तामणी भट्टराइले पत्रकारहरुसँग आग्रह गर्नुभयो ।

पत्रकारहरुले भने रोटरीले गरेका काम राम्रै भएपनि सञ्चारमाध्यमसँग समन्वय गर्न नसकेकाले समाचार ओझेलमा परेको बताएका थिए । रोटरी क्लब अफ जावलाखेल पब्लिक इमेज कमिटीका अध्यक्ष तिलक तिवारीले रोटरी र पत्रकारबीच समन्वय हुन नसकेकाले पनि रोटरीका राम्रा कामबारे चर्चा हुन नसकेको हुनसक्ने बताउनुभयो ।

धेरैजसो पत्रकारले बिकास र प्रगतिका सामान्य प्रकारका समाचार आंशिक रुपमा मात्र आउने प्रष्ट पारेका थिए ।

विश्वमा ३५ हजारभन्दा बढी रोटरी क्लव भएको र त्यसमा १२ लाखभन्दा बढी मानिस प्रतक्ष्य रुपमा आवद्ध भएको र उनीहरुले कुनै न कुनै रुपमा सामाजिक कार्यमा समय खर्चेको बताएका छन् ।

उनीहरुले भूकम्पका बेला गरेको सहयोगको पनि चर्चा नभएकोमा समेत पत्रकारहरुसँग गुनासो गरेका छन् । १ सय १३ वर्षअघि ४ जना मिलेर सामाजिक काम गर्ने उद्येश्यले रोटरीको स्थापना गरेका थिए ।