‘लिटील बुद्व’ को नामले चिनिएका बमजनको आश्रमबाट एक जना पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
‘लिटील बुद्व’ को नामले चिनिएका रामबहादुर बमजनको सिन्धुली आश्रमबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौंडा १८ का इन्द्रबहादुर स्याङतान रहेका छन् । उनलाई सोधपुधको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्याङतानलाई बिहीबार बिहानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आश्रममा बस्दा बमजनले आनीहरु बेपत्ता बनाएको र आश्रमका आनीहरुमाथि यौन दुव्र्यवहार गरेको जस्ता आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको छ ।

प्रहरीले आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुलीलगायत बमजनको विभिन्न ठाउँमा रहेको आश्रममा पुगेर अनुसन्धान पनि गरिरहेको छ ।
पक्राउ परेका स्याङतानमाथि सोधपुछ भर्इरहेको छ ।