नेपाल समाचारपत्र, काठमाडौँ ।
जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी याम प्रसाद ढकाललाई हस्तान्तराण गरिएको छ ।
सहायक रथी गोकुल भण्डारीले सहायक रथी ढकाललाई कार्यभार हस्तान्तरण गर्नु भएको हो ।
सोेहि सिलसीलामा पूर्वप्रवक्ता भण्डारीले आमसञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा बिशेषगरी रक्षासँग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि सहायक रथी भण्डारीले आभार प्रकट गर्नुभयो ।
भण्डारीे भने सम्पूर्ण कार्यभार ढकाललाई हस्तान्तरण पश्चात आजै नेपाली सेनाको अत्यन्त महत्वपूर्ण तालिम शिक्षालय सैनिक प्रतिष्ठान खरिपाटीमा शिक्षाधीकृतको जानुभएको छ ।











प्रतिक्रिया