नानीराम नेपाल, सिन्धुपाल्चोक ।
बिद्यमान मानब बेचबिखनको परिदृश्यले मानब अधिकारको प्रत्याभूति माथि प्रश्न उठिरहेको बेला जोखिम न्युनिकरणमा दृढतापुर्वक लाग्न जनप्रतिनीधि र स्थानीय सरोकारवालाहरुले प्रण गरेका छन् । मानव बेचविखन विरुद्धको आवाज बुलन्द पारौं– मानव अधिकारको प्रत्याभुतिका लागि शशक्त पाइला चाला,ैं भन्ने मूल नाराका साथ समाज सेवा तथा मानब अधिकारमा महिला र बालबालिका ( सिविस ) द्धारा बुधवार बलेफीमा आयोजित कार्यक्रममा सहभागीहरुले यस्तो प्रण गरेका हुन् ।
कार्यक्रममा बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले स्थानीयतहबाट नै मानव बेचविखन विरुद्धको अभियान सुरुवात गर्नुपर्नेमा जोड दिए । स्थानीय, रास्ट्रिय तथा अन्तर्रािष्ट्रय रुपमा हुने मानब बेचबिखन रोकथाममा स्थानीय सरकारसँग हातेमालो गर्दै सरोकारवालाहरु लाग्नुपर्ने उनले बताए । मानव बेचबिखन जस्तो जघन्य अपराधमा संग्लग्न पीडकहरुलाई कानुनी कठघरामा ल्याउन तथा न्यायमा पीडितको पहुँच सुनिश्चित गर्नका लागि सहभागीहरुले प्रतिवद्धता ब्यक्त गरे । “ सबै जु६ेर मानव बेचविखनको अन्त्य गरौं, मानव अधिकार सुश्चित गरौं”, अध्यक्ष क्षत्रीले भने ।
कार्यक्रममा बलेफी गाउपलिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली , ईलाका प्रहरी कार्यालय जलबिरेका प्रहरी निरीक्षक गोपालप्रसाद ढकाल, वडाध्यक्षहरु,विभिन्न विद्यालयका प्रद्यानाध्यापकहरु तथा सरोकारवाला निकायका प्रतिनीधिहरु सहभागी थिए । कार्यक्रममा सहभागी ४० जना भन्दा बढि जनप्रतिनीधि तथा सरोकारवालाहरुले मानव बेचविखनको अन्त्य र मानव अधिकारको सुनिश्चितताका लागि ब्यानरमा सामुहिक रुपमा हस्ताक्षरसमेत गरे ।
स्थानीय सरकारका प्रतिनीधि र सरोकारवाहरु बिचको अन्तरक्रियापछि मानव बेचविखन विरुद्धको कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन सहज हुने सिविसका जिल्ला कार्यक्रम संयोजक नवराज सापकोटाले बताए ।











प्रतिक्रिया