पुनस्र्थापना केन्द्र दुव्र्यसनीको अस्पताल जस्तै

0
Shares

६ पुनस्र्थापना केन्द्रद्वारा ९ सय ४३ जना पुनस्र्थापित

हेटौंडा,(नेस) ।
लागुऔषध पुनस्र्थापना केन्द्र सञ्चालन गरेकाहरुले पुनस्र्थापना केन्द्र लागुऔषध दुव्र्यसनीको अस्पताल झैं भएको बताएका छन् ।

बुधबार हेटौंडा न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलन तथा अन्तत्र्रिmयामा उनीहरुले लागुऔषध प्रयोकर्तालाई नयाँ जीवन प्रदान गर्न पुनस्र्थापना केन्द्रको विकल्प नरहेको बताएका हुन् ।

लागुऔषध प्रयोगकर्ताकी अभिभावक कमला मिजारले पुनस्र्थापना केन्द्रलाई हेर्ने दृष्टि बदल्न आग्रह गर्नुभयो । आफूले पहिले पुनस्र्थापना केन्द्रमा गलत काम हुने, पिट्ने गरेको सुनेको तर छोरालाई पुनस्र्थापना केन्द्रमा राखेपछि छोराको नयाँ जीवन पाएको र त्यहाँको वातावरण देखेपछि यी सबै हल्लामात्र रहेको तथ्य खुलेको उहाँको भनाइ छ । उहाँले पुनस्र्थापना केन्द्रलाई अस्पतालका रुपमा चित्रण गर्दै लागुऔषध कुलतमा परेकाहरुलाई पुनस्र्थापना केन्द्रमा राखिनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला लागुऔषध समन्वय समिति मकवानपुर संयोजक सन्दीप शाक्यले मकवानपुरमा लागुऔषध प्रयोगकर्ता करिब ७ हजार रहेको बताउनुभयो । मकवानपुरका ६ वटा पुनस्र्थापना केन्द्रले हालसम्म ९ सय ४३ जनालाई पुनस्र्थापित गरेको भन्दै उहाँले आफूहरुलाई हेर्ने सरकारको दृष्टि परिवर्तन भइनसकेको दाबी गर्नुभयो ।

मकवानपुरमा ५० जना पूर्व लागुऔषध प्रयोगकर्ता पुनस्र्थापना केन्द्र सञ्चालनमा सक्रिय रहेको भन्दै उहाँले लागुऔषध प्रयोगकर्तालाई नयाँ जीवन दिन पुनस्र्थापना अन्तिम बिकल्प भएको बताउनुभयो ।

सिआन पुनस्र्थापना केन्द्र सञ्चालक सौजन डीसीले लागुऔषध निषेध समाज निर्माणका लागि परिवारले आफ्ना बालबच्चाको अनुशासनमा मात्र नभएर उनीहरुप्रतिको जिम्मेवारीका विषयमा पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो–बाबुआमाले आफ्ना अगाडि त बच्चालाई अनुशासित बनाउँछन्, तर बाबुआमाको पछाडि त्यो बच्चा कुलतमा फस्न सक्छ । त्यसकारण बच्चालाई अनुशासनसँगै जिम्मेवारीवोध गराउन सकिए उसले लागुऔषधतर्फ ध्यान दिन भ्याउँदैनन् ।

लागुऔषध प्रयोग रोग नएर ‘साइकोलोजिकल डिस्अर्डर’ भएको बताउँदै डीसीले राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । पुनस्र्थापना केन्द्र सञ्चालनका लागि राज्यले बनाएका नियम÷कानुन कार्यान्वयनमा समस्या भएको भन्दै उहाँले राज्यले लागुऔषध प्रयोगकर्ता तथा पुनस्र्थापना केन्द्रलाई हेर्ने दृष्टिमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

पुनस्र्थापना केन्द्र सञ्चालक दले लामाले समाजमा आफूहरुलाई अझै पनि गलतरुपमा बुझ्ने गरेको भन्दै दुःख व्यक्त गर्नुभयो । आफूहरुले समाजमा लागुऔषध प्रयोगबाट जीवन बर्बाद गर्दै गरेकालाई नयाँ जीवन दिने अभियानमा सक्रिय हुँदासमेत समाजको हेर्ने आँखामा परिवर्तन नआएको उहाँले बताउनुभयो ।

पुनस्र्थापना केन्द्र सञ्चालक निर्मल बिडारीले प्रहरी तथा अस्पतालले राखेर उपचार गर्न नसकेकालाई उपचार गरेर आफूहरुले समाजका लागि योगदान दिए पनि सरकारले कहिल्यै साथ नदिएको दाबी गर्नुभयो ।