प्युठान-पञ्जाब सिधा बस सेवा सुरु

0
Shares

सलिम अन्सारी, प्युठान ।
पञ्जाब सिधा बस सेवा औपचारिक रुपमा सुरु भएको छ
। ४० सिटे ना ५ ख ६६०२ नम्बरको डिलक्स बसलेपहिलोपटक पन्ध्र यात्रु लिएर पञ्जाब प्रस्थान गरेपछि सेवाको औपचारिक सुरुवात भएको हो ।

स्वर्गद्धारी सार्वजनिक यातायात समितीका महासचिव चन्द्रमान श्रेष्ठले बस सेवाको शुभारम्भ गरेका हुन्।सेवा शुभारम्भ गर्दै श्रेष्ठले बस सेवाले पंजाव आउजाउ गर्ने यात्रुहरुलाई सहज हुने बताए। उनले भने, ‘प्युठानबाट भारतको पंजाव, पंजावबाट प्युठान आउने यात्रीलाई बस सेवा सहयोगी हुन्छ।’

’भरपर्दो सेवासुविधा दिन सके मात्र यात्रुको मन जित्न सकिन्छ,’ उनले भने ।

स्वर्गद्धारी यातायात समितीले मल्लरानी गाउँपालिकाको चुजाँठाटी बजारदेखि पञ्जाब हप्ताको एकदिन एउटा बस चलाउने भएको छ। हरेक हप्ताको बुधवार छुटने गरि अम्बला,लुधियाना,जलन्धर,चन्डिगड सम्म पुग्नका लागि बस सेवा शुरु गरिएको हो ।

अर्घाखाँचीको सिमानाका स्थानिय र चुजाँठाटी क्षेत्रका स्थानियहरु पन्जावमा धेरै रहेकोले बस सेवा सञ्चालन गरिएको स्वर्गद्धारी बस व्यवसायि समितिका महासचिव चन्द्रमान श्रेष्ठले जानकारी दिए । उनले भने,–‘यस क्षेत्रका यात्रुको माग वढेकाले मागको सम्बोधन गर्न बस सेवा सञ्चालन गरेका हौँ । ’

पञ्जाबबाट हप्ताको शुक्रबार बस चुुजाँठाटीका लागि चल्ने महासचिव श्रेष्ठले बताए । ’खुला सीमाको सदुपयोग गर्दै दुवै देशका हजारौँ नागरिक दैनिक आवागमन गर्छन् । सीधा बस सेवाले उनीहरुलाई सुविधा हुन्छ ।’चुजाँठाटीदेखि पञ्जाब सम्मको भाडादर दुई हजार ८ सय ८० रुपिँया रहेको उनले जानकारी दिए ।

समितीले दुई बर्ष देखि प्युठान-दिल्ली सिधा बस सेवा संचालन गरिरहेको छ ।महिनाको सोमबार र बिहिबार डिल्लीका लागि प्युठानबाट बस छुट्ने समितीले बताएको हो। समितीका अनुसार यश अघि महिनामा एउटा बस प्युठानबाट राजस्थानका लागि चल्दै आएको छ।