’जनताको सेवा गर्न मर्न परे पनि छाडिने छैन्’: नगरप्रमुख रोकाय

0
Shares

सलिम अन्सारी/ प्युठान।
मंगलबार विप्लप नेतृत्वको नेकपाका कार्यकर्ताले भष्ट्राचार लगाएतको विभिन्न आरोप लगाउदै जिल्लाको स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर रोकाय माथि प्रज्वलनशिल पदार्थ मोबिल छर्कने प्रयास गरेपछि घटनाको निन्दा गर्दै पत्रकार सम्मेलन गरिएको छ । बुधवार भिग्रीमा नगरपालिकाद्धारा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख रोकाले नेकपा९विप्लप० ले लगाएको आरोप झुटा भएको जिकिर गर्दैै आफू माथी लागेको आरोपको पुष्ट्रि गर्न चुनौती दिएका छन् ।

३९ वर्ष देखि सामाजिक सेवामा समर्पित रहेको बताउदै नगरप्रमुख रोकायले भने,–‘ मर्न परे हामी मर्न तयार छौँ, तर जनताको सेवा गर्न छाडिने छैन् । ’ जनताले सबै जिम्मेवारी दिएर निर्वाचनमा सफल बनाएका छन् । उनले भने,–‘ मेरो ईमान्दारितालाई कहिले चुक्न दिदैन् । ’ विप्लपले देखाएको गल्ती सत्य छैन् । उनले भने,–‘गल्ती प्रमाणित हुन्छ भने कार्वाही भोग्न तयार छु । ’

मंगलबार बिप्लव नेतृत्वको नेकपाले स्वर्गद्धारी नगरप्रमुखलाई कारबाही किन शीर्षक दिएर बिज्ञप्ती निकालेको थियो । जिल्ला सेक्रेटरीको दस्तखत नै नभएको ६ बुंदे बिज्ञप्तीमा भष्ट्राचार गरेको,जनता माथि कर थोपरेको,उपोभोक्ता समितीमा पार्टी नेता कार्यकर्तालाई पदाधिकारी बनाएर किर्ते बिल भरपाई मिलाई रकम अनियमितता गरेको आरोप लगाईएको थियो ।

कमिसनको भरमा प्राकृतिक श्रोतको दोहन गरिएको,कर्मचारी पदपुर्र्तीमा बिज्ञापन गरेको देखाईएपनी आफू निकट उम्मेद्धवारलाई नियुक्ती दिएको आरोप नगरप्रमुख रोकामाथी लगाईएको छ। नगरप्रमुख रोकायलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्र्टीले विज्ञप्ती जारी गर्दै कारवाहीको चेतावनी दिएका थिए । स्थानीय तह चुनावमा रोकाय तत्कालिन एमालेबाट नगरप्रमुखमा निर्वा्चित भएका थिए।

घटनाको सर्वत्र विरोध
स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोकायमाथी भएको घट्नाको सर्वत्र विरोध भएको छ । नेपाल कम्युनिष्ट्र पार्टी ९नेकपा० रुपन्देही लगायत प्युठानबाट निर्वा्चित प्रदेश सभा सदस्य हरि प्रसाद रिजाल र कृष्णध्वज खडकाले बिज्ञपति मार्फत समेतआक्रमणको भर्सना गरे। उनिहरुले राजनितिक पार्टिले राजनितिक व्यवहार देखाउनुपर्ने भन्दै बिज्ञपति मार्फत अराजक प्रबृती सच्चाउन आग्रह समेत गरे। मेयर माथी आक्रमण गर्ने समुहलाई पक्राउ गरि कारबाही गर्न उनिहरुको माग छ।

कसरी भयो आक्रमण 

विद्रोहको बाटो रोज्ने धम्की दिँदै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले दिउँदै नगरपालिकाका मेयरलाई कार्यकक्षमै प्रज्वलनशील पदार्थ खन्याएको छ ।

मेयर रोका नगरपालिकामा योजनाबारे छलफल गरिरहेका बेला योजना शाखाको कार्यकक्षमै पुगेर मोबिल दल्ने प्रयास गरेको मेयर रोकाले बताए । विप्लवका कार्यकर्ताले बोमिल दल्ने प्रयास गर्दा आफ्नो कपडामा मात्रै लागेको रोकाको भनाई छ ।

‘हामी योजना शाखामा योजनाबारे छलफल गर्दै थियौं’ मेयर रोकाले भने, ‘३ जनाको समुहमा आएकाहरुले ‘सबै कब्जामा छौं चुप लाग’ भन्दै ममाथी मोबिल खन्याए ।’

सोमबार दिउँसो दुई बजे ३ जनाको समुहमा रहेका उनीहरुले मेयरमाथी मोबिल खन्याएर फोटोसमेत खिचेर भागेको मेयर रोकायले बताए ।