त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा समस्या

0
Shares

काठमाडाैं ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएको छ । जसका कारण उडान प्रभावित भएको छ ।

विमानस्थलमा भीसीसीएस बिग्रिएको कारण एक घण्टा अघिदेखि उडान प्रभावित भएको हो । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले एक्स्ट्रा भीसीसीएस भएकोले त्यसलाई परिवर्तन गर्ने काम भइरहेको जानकारी दिए । अवतरणमा कुनै समस्या नभएको विमानस्थलले जनाएको छ ।