आयल निगमको कार्यकारी निर्देशकमा पौडेल

0
Shares

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त हुनुभएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बर्खास्तीपछि पद रिक्त रहेको थियो । रिक्त पदका लागि १२ जनाले प्रतिष्पर्धा गरेकामा पौडेल नियुक्त हुनुभएको हो ।

पौडेल यसअघि उदयपुर सिमेन्टका महाप्रबन्धक हुनुहुन्थ्यो ।