मनोज भट्ट, महेन्द्रनगर
कञ्चनपुरको महेन्द्रनगरमा रहेको सुदूर पश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा. भुपेन्द्र बिष्टले अवैध रुपमा नियुक्त गरेका २८ जना शिक्षक तथा कर्मचारीको नियुक्ति रद्द गरिएको बताए पनि हाल सम्म पनि आधिकारिक रुपमा नियुक्ति रद्द गरेको प्रेस नोट निकालेका छैनन् ।
प्रिन्सिपल डा. बिष्टले मौखिक तथा पत्रकारहरु संगको कुराकानीमा नियुक्ति रद्द गरिएको बताए पनि आधिकारिक प्रेसनोट प्रकाशित नगर्दा फेरि शंकाको भुर्ण उत्पन्न भएको छ । कतै पहिलेका क्याम्पस प्रमुखहरुले गर्दा हुने आफुले नियुक्त गर्दा मात्रै नहुने भन्ने दम्भ रहेको हुनाले मनमा अझै खोट समेत रहेको हुन सक्ने विद्यार्थी नेता किशोर जोशीले बताए ।
पानी माथिको ओभानो बन्ने प्रयास !
प्रिन्सिपल बिष्ट भने अझै पनि आफु सबैको मागलाई सम्बोधन गर्न तयार भएकोले उक्त नियुक्तिहरु रद्द नै गरिएको र आफ्नो मनमा समेत त्यस्तो कुनै कालो खोट नभएको बताउछन् । आफु माथि अन्याय गरिएको तर आफु जस्तो सुकै परिस्थीको समेत सामना गरेर विश्वविद्यालयलाई गति दिन नयाँ कार्यविधि बनाएर अगाडि बढ्ने प्रिन्सिपल बिष्टले बताए ।
उपकूलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्धिजराज भट्टको नाम लिएर बिष्ट संग कुराकानि गर्दा आफु उनिहरु संग सम्पर्कमा समेत नभएको बताउछन् । ‘उनिहरु अर्कै पार्टीका हुन, म अर्कै पार्टीको हुँ । हामीहरुको कुराकानी पनि मिल्दैन । त्यति नजिको सम्बन्ध पनि छैन् । औपचारिक कामका लागि मात्रै हो, हामीहरुको भेटघाट, कुराकानि हुने नत्र छैन् ।’
विद्यार्थी, प्राध्यापक तथा सर्वसाधारणको भनाई अनुसार तपाईलाई त उपकूलपति र रजिष्ट्रारले चम्चा बनाएर आफु अनुकूल प्रयोग गरेको छ भन्ने प्रश्नको जवाफमा प्रिन्सिपल बिष्टले भने ‘म कसैको चम्चा बनेको होइन, बरु देख्नेहरु कस्तो आँखाले हेरिरहेका छन् कुन्नी ! म त उनिहरुलाई पो उपकूलपति र रजिष्ट्रारको चम्चा भएर काम गर्न मनलागेको जस्तो देख्दै छु ।’











प्रतिक्रिया