तीन पाथी मकैमा वेलमतीको गुजारा

0
Shares

सरिता चलाउने, सल्यान
सल्यानको शारदा नगरपालीका वडा नम्बर ६ मदमकाडाकी ५० बर्षिय बेलमती परियारले कपडा सिलाउन लागेको १५ बर्ष भयो । उनिले आफ्नो दैनिकी जिबिका चलाउनको लागी १५ घरिपरिवारका कपडा सिलाउदै आईरहेकी छन । अहिले उनिले ३ पाथी मकैमा छिमेकीका कपडा सिलाउदै आएकी हुन । उनिले तिनै १५ घरपरिवारका कपडा सिलाएर धान, गहु र मकैको जोह गरेर बर्षभरी खाने अन्नपात जोह गर्छिन ।

पहिले कपडा सिलाउन छिमेकीको घरघरमा पालो गरेर जानु परथ्यो भने अहिले उनिले घरमै बसेर कपडा सिलाउदै आएको बताएकी छन । पहिले परम्परागत खलो अर्थात अन्न पातको आधारमा कपडा सिलाउदै आएकोमा श्रीमानको मृत्यु पछि आफुलाई खलो दिने घरपरिवार पनि घटेको बताईन । अहिले दैनिक जिबन यापन गर्न कठिनाई भएपछि परम्परागत खलोकै आधारमा १५ घरधुरीका कपडा सिलाउदै आईरहेको उनिले बताएकी छन । खानको लागी पनि छिमेकीले जति दियो तसैको आधारमा कपडा सिलाउन बाध्य भएको उनिले बताई ।

मैले कपडा सिलाउने काम श्रीमान बाट सिकेकी हु, श्रीमानको मृत्यु भएको अहिले ७ बर्ष भयो उनिले भनिन, श्रीमानको मृत्यु सँगै हामीलाई खलो दिने बिष्ट पनि घटेका छन, अहिले मात्र १५ घरधुरीका कपडा सिलाउदै आईरहेकी छु । अहिले मकै, गहु, धान र कोदोको आधारमा कपडा सिलाउदै आईरहे पनि बर्षभरी खान पुग्न नसेकेको बेलमतिले बताईन । आफुले सिप सिकेपछि अहिले ज्यालादार कपडा पनि सिलाउने आउने गरेको छन । श्रीमानको मत्यु पछि ४ भाई छोरा हुर्काउदै आएकी उनिले अहिले कोही छोरा साथमा नभएको र सम्पतीको नाममा एउटा घर बाहेक अरु केही पनि नभएको बताईन ।

आफुले अहिले छिमेकीका कुर्ता, सुरुवाल, म्याकसी बलाउज सिलाउदै आए पनि कपडा सिलाएर दिएको अन्नले ६ महिना पनि खान नपुगेका दुखेसो पोखिन ।

बेलमतिले भनीन, पहिले हामी खलोकै आधारमा धेरै बिष्टका कपडा सिलाउने गर्थेउ, श्रीमानको मृत्यु पछि बिष्ट पनि घटे र भनेजति खलो अर्थात अन्न पनि दिन दिएनन ।

घरमा सम्पतीको नाममा जग्गा जमिन केही नभएपछि अहिले १५ घर छिमेकीका मात्र कपडा सिलाएर ज्यानको ३ पाथी अन्नमा गुजारा चलाएको उनिले बताईन ।
आर्थिक जुटाउन अरु उपाय केही नभएपछि आफ्नो पेशा तिर जसो तसो सन्तुष्ट भएको परियारले बताईन ।