सेनाका पाँच वरिष्ठ सहायक रथीहरुको बढुवा सूचना निस्कियो

0
Shares

काठमाडौं । नेपाली सेनाले सैनिक नियमावली २०६९ को परिच्छेद ३ सरुवा तथा बढुवा सम्बन्धी व्यवस्था बमोजिम उपरथी पदमा बढुवाको लागि सिफारिस गर्न  १५ दिने सूचना प्रकाशित गरेको छ।

पाँच जना सहायक रथीहरुको बढुवाका लागि  नेपाली सेनाले २०७५ पुस २३ गते १५ दिने सूचना प्रकाशित  गरेको हो।  वरिष्ठ सहायक रथीहरु मध्यबाट बढुवाका लागि सिफारिस भएकाहरु विरुद्ध  उजुरी, दावी विरोध गर्ने व्यवस्था अनुसार, १५ दिने सूचना प्रकाशित गरिएको हो  ।

नेपाली सेनाका वरिष्ठ सहायक रथी मध्ये एक नम्बरमा रहेका शैलेन्द्र थापाले राजीनामा दिएर हिंडेका छन्।  त्यस्तै वरिष्ठ मध्ये तीन नम्बरमा
रहेका संजय सिंह भण्डारी बढुवा सिफारिसमा परेनन्।  उनी अनलाइन शैक्षिक प्रमाण पत्रको विवादमा पर्दै आएका थिए।

संजय सिंह भण्डारी बढुवा सिफारिसबाट आउट भएकाले सहायक रथी ताराध्वज पाण्डेले बढुवाको मौका पाएका छन्।  यस अघि अनलाइन शैक्षिक प्रमाण पत्रको विवादमा परेका अर्का सहायक रथी नयनराज दाहाल पनि बढुवा सिफारिसमा परेका थिएनन्।

यो पटक उपरथी पदमा बढुवाका लागि  सिफारिसमा पर्ने  सहायक रथीहरुमा   सर्वश्री बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डे रहेका छन्।