आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कामाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेको आयोगले नेपाल समाचारपत्रलाई जानकारी दिएकाे छ ।

आयोगका अनुसार खड्कामाथि निगमको प्रमुख तथा अन्य सरकारी निकायमा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोग लागेको छ ।
आयोगले दर्ता गरेको मुद्दाको विस्तृत विवरण आउन बाँकी छ ।