काठमाडौँ ।
सर्वोच्च अदालतले टीकापुर घटनाका मुख्य अभियुक्त ‘सांसद’ रेशम चौधरीलाई रिहा गर्ने अस्वीकार गरेको छ ।
उनलाई सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले रिहा गर्न अस्वीकार गरेको हो ।
‘चौधरीले कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यमान रहेको र २०७४ फागुन १४ को आदेश तथा उच्च अदालत दिपायलको ०७४ चैत २२ को आदेश मिलेकै देखिन्छ’ सर्वोच्चको आदेशमा भनिएको छ ।
कैलाली जिल्ला अदालतबाट चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।
जिल्लाको आदेशविरुद्ध चौधरी २०७५ असार ५ गते सर्वोच्च पुगेका थिए ।











प्रतिक्रिया