हुम्ला ।
मध्यपश्चिम शुदुरपश्चिमका हिमाली जिल्ला हुम्ला लगायतका उतरी जिल्लाहरुमा शनिबार बाट परेको हिंपातले सेताम्मै बनाएको छ । कर्णाली प्रदेशका हुम्ला,मुगु,डोल्पा,जुम्ला कालिकोट सहित अधिकाँस जिल्लामा हिंपात भएको छ भने सुदुरपश्चिमका बाजुरा लगायतका उतरी हिमाली जिल्लाहरुमा हिंमपात भएको छ ।
शनिवार बेलुकीबाट परेको हिंपातले हुम्लाका उतारी नाम्खा गाउँपालिकाको लिमको तिल,हल्जी जाँग र मुचु,यारी लगायतका गाउँमा भारि हिंपात भएको हो । दुई दिन देखि परेको हिंमपातले मुचु,यारी गाउँमा २फिट हिउँ जमेको छ भने उता लिमी भ्यालीमा ३ फिट हिउँ जमेको मुचु प्रहरी चौकी लाई उद्धित गर्दे जिल्ला प्रहरी कार्याल हुम्लाकाा प्रहरी नावय परिक्षक रविन श्रेष्ठले बताउनु भयो ।

हिमपातसँगै चिसो बढेको स्थानीयले बताएका छन्। हुम्लाकोे उत्तरी गाउँपाकिला सिमकोट खार्पुनाथ लगायतका गाउँहरुमा हिमपात भएको हो। हिमपातले चिसो बढे पनि किसानले लगाएको जेठासी बाली उवा जौ गहुँ र नाफल लगायतका बालीलाई भने राहत भएको किसानहरुले बताएका छन्।
आकाशे खेतीको भरमा खेतीपाती गर्ने किसानहरु लाई हिमपात भएसँगै अन्न उत्पादन वृद्धि हुने किसानहरुले आशा गरेका छन ।
हिमपातले सबै गाउँहरु सेताम्य भएका छन ।धारामा पानी जमेका कारण पानी तताएर धारोमा हाले पछि मात्र धारोमा पानी आउने गरेको कैलाश वोडिङ्ग स्कुलका शिक्षक मिगुर लामाले बताए । हुम्लाका उतरी साविका गाविस लिमी,मुचु,खंगालगाउँ,हेप्क,डाँडफाय,स्याँडा सिमकोट बरगाउँ,राहदेव लगायतका गाउँहरुमा हिमपात भएको छ ।











प्रतिक्रिया