विमल बिष्ट, डोटी ।
सुदूरपश्चिम प्रदेशका सभामुख र उपसभामुखका लागि करोडौको लागनीमा नयाँ गाडी खरिद गरिएको छ ।
प्रदेशसभा सचिवालयले एक करोड ४० लाख १० हजारमा सभामुख अर्जुनबहादुर थापा र उप सभामुख निर्मला जोशी बडालको लागि दुईवटा गाडी खरिद गरेको हो । प्रदेशसभा सचिवालयको लेखा शाखाका अनुसार सभामुख थापाका लागि ८४ लाख ४५ हजारमा महिन्द्रा कम्पनीको गाडी र उपसभामुख बडालका लागि ५५ लाख ६५ हजारमा स्कारपियु गाडी खरिद गरिएको छ ।
त्यस्तै प्रदेशसभा सचिवालयका लागि पनि ५५ लाख ६५ हजारमा स्कारपियु गाडी खरिद गरिएको छ । तीनवटै गाडी खरिदमा एक करोड ९५ लाख ७५ हजार खर्च भएको लेखा शाखाले जनाएको छ ।
सभामुख अर्जुनबहादुर थापा तथा उपसभामुख निर्मला जोशीले यि गाडी किन्नु अघि प्रयोग गर्दै आएका गाडी बिग्रिएकाले मर्मत सम्भार भइरहेको बताइएको छ ।











प्रतिक्रिया