नेपाल समाचारपत्र, काठमाडौं ।
वाइड बडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै दुई पूर्वमन्त्रीसहित बहालवाला र पर्यटनमन्त्रीलाई कारवाही गर्न सार्वजनिक लेखा समितिले सिफारिस गरेको छ भने गृहसचिव प्रेम राईलाई क्लिन चिट दिएको छ ।
समितिको सोमबार बसेको बैठकमा उपससमितिको प्रतिवेदन संशोधन गरेर पेश गरिएको हाे । उपसमितिले बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित २ पूर्व पर्यटनमन्त्री, निगम महाप्रबन्धकसहित सञ्चालक समितिका सदस्य र विभिन्न निकायका विभागीय प्रमुखसहित ३४ जनालाई दोषी करार गरेको छ।
नेपाल वायुसेवा निगमले खरिद गरेको २ वटा वाइडबडी जहाज खरिद प्रक्रियामा आर्थिक हिनामिना भएको भन्दै सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवदेनमा राईसहित ५ सचिवको नाम परेको थियो ।
सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहरसहितको प्रतिवेदन लेखा समितिमा पेस गरेको थियो।











प्रतिक्रिया