वाइड बडी खरिदमा पर्यटनमन्त्री अधिकारीको संलग्नता नरहेको दावी

0
Shares

काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमले खरिद गरेका २ वटा वाइड बडी जहाज खरिदमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।

उनले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफूले काुनन बमोजिम काम गरेको तर त्यसमा भएको भनिएको भ्रष्टाचारमा आफ्नो संलग्नता नरहेको दावी गरेका हुन् ।

मन्त्री अधिकारीले स्पष्टिकरण दिँदै भने– ‘मैले यो प्रक्रिया रोकेको भए निगमको ९ अर्ब रुपैयाँ डुब्ने र निगम टाट पल्टने अवस्था थियो ।’

अनुसन्धानका क्रममा मन्त्रालयका कोही कर्मचारी दोषी भेटिए जो कोहिलाई पनि नछाडिने मन्त्री अधिकारीले  बताए ।

त्यसक्रममा उनले आफ्नो ९ महिने कार्यकालमा भए गरेका उपलब्धिको समीक्षा समेत गरेका थिए ।