सुनखानी दुर्घटनामा तीसजनाको मृत्यु


कावुल,(एजेन्सी)
उत्तर पुर्वी अफगानिस्तानमा एउटा सुनखानीमा पहिलो जादा कमितमा ३० जना मानिसको ज्यान गएको आइतवार सरकारी अधिकारीहरुले बताएका छन् । बादाखसान प्रान्तको प्रान्तको कोहिस्तान जिल्लामा यो दुर्घटना भएको हो ।
सुन खोज्नका लागि बनाइएको गाउँलेहरुले एउटा नदीमा खनेको ६० मिटर गहिरो खाल्डो अचानक भास्सिएपछि ति व्यक्तिहरु पुरिएका हुन् ।

अफगानिस्तानमा अपार संख्यामा खनिजको श्रोत छन् ।
तर अधिकांश खानीहरुको सुरक्षा व्यवस्था निकै नाजुक रहको पाइएको छ । यस दुर्घटनामा अन्य सातजना गम्भीर घाइत ेभएके बताइएको छ ।

रानितय सरकारका प्रवक्ता निक मोहमद नाजारीले भनेका छन् , ‘ गाउालेहरु दशकौं देखि यस्तो अवैध खानी संचालनमा संलग्न रहँदै आएक छन् ।

सरकारले तिनीहरुलाई तह लगाउन सकेको छैन । हामीले त्यहाँ उद्धार कर्मि पठाएक छौं । तर स्थानिय वासिन्दाले पहिल्यै घटनास्थलबाट लाशहरु झिक्ने काम थालिसकेका छन् ।