कोमामा रहेकी महिलाले बच्चा जन्माइन


फिनिक्स (एजेन्सी)
अमेरिकाको एक अस्पतालमा करिब १० बर्ष देखि कोमामा रहेकी एक महिलाले बच्चा जन्माएकी छिन् । उक्त घटनालाई लिएर सबै चकित परेका छन् । प्रहरी र अस्पतालका कर्मचारीहरु यसतो कसरी भयो भन्नेमा रनभुल्लमा परेका छन् । ती महिला एरिजोना राज्यको एक सहर स्थित हेसिएन्डा हेल्थकेयरमा करीब एक दशक देखि भर्ना भएर उपचार गराइरहेकी समाचार एजेन्सीले जनाएको छ ।

गत डिसेम्बर २९ मा उनलाई प्रशव पीडा शुरु भएको बताइएको छ । त्यसपछिे उ विस्तारै विस्तारै कराएको त्यहाँका कर्मचारीले सुनेका थिए । त्यतिबेलासम्म पनि उनीहरुलाई के हो भन्ने थाहा भएन । पछि ती महिला गर्भवती भएको पत्ता लाग्यो । अहिले ती महिलाले एक छोरालाई जन्म दिएकी छिन् ।

यस घटनालाई लिएर प्रहरीले जाँच गरिरहेको छ । अस्पतालका कर्मचारीलाई पनि आसंकाको दायरा भित्र राखिएका छन् । यस घटनाले बाँकी अस्पतालमा भर्ना भएका विरामीहरुमा पनि चिन्ता बढेको छ । उक्त घटनालाई लिएर सबैतिरबाट निन्दा भइरहेका छन् ।

पिडित महिलाका लागि एक मानव अधिकार कार्यकर्ताले आवाज उठाएका छन् । टासा मेनेकर नामकी महिला वकिलले अस्पतालमा काम गर्ने पुरुष कर्मचारीको डीएनए परीक्षण गराउनु पर्ने माग गरेकी छिन् । उक्त मामिलाको जानकारी पाएका एरिजोनाका गभर्नर डग डेजीले घटना प्रति दुख ब्यक्त गदैै हेसिएन्डा हेल्थकेयरलाई विरामीहरुको सुरक्षामा विशेष ध्यान पुर्याउन निर्देशन दिएका छन् ।