मदिरा सेवन विरुद्ध अभियान महिला प्रसंग विवादित


जाग्रेब (एजेन्सी)
सामान्यतया मदिरा सेवन रोक्न विभिन्न प्रकारका विज्ञापन मार्फत सचेतना दिइन्छ र मदिराबाट हुने नोक्सानका बारेमा भरिरहेको हुन्छ । तर क्रोएसियामा मदिरा विरोधी केही त्यसता पोस्टरहरु टाँगिए, जसलाई लिएर नागरिकहरमा आक्रोस फैलिएको छ ।

सहरभरी टाँगिएका ती पोस्टरहरुमध्य महिलाका लागि लेखिएका कुरालाई धेरै आपत्तीजनक मानिएको छ । पोस्टर्समा मदिरा पिउने महिला लापरवाही हुने र नचिनेकाहरुसँग पनि सम्बन्ध राख्ने लेखिएको थियो ।

यी पोस्टरहरु क्रोएसियाको राजधानी जाग्रेबका प्रमुख स्थानहरुमा टाँगिएका छन् । यो सार्वजनिक अभियान विशेष गरि स्कुलका छात्रछात्राहरुलाई अत्यधिक मदिरा सेवन गर्नबाट सावधान गर्न सुरु गरिएको हो । पोस्टरको एक हिस्सामा धेरै मदिराले यौन जीवन र प्रजननमा पार्ने प्रभावका विषयमा उल्लेख गरेको छ ।

पोस्टरमा लेखिएको छ, पुरुषले धेरै मदिरा सेवन गर्दा उसको काम इच्छा जाग्छ, तर वास्तवमा उसको यौन शक्ती र उत्तेजना भने कम हुन्छ, जसले उनको आत्मविश्वास विस्तारै समाप्त हुन्छ ।

त्यसैगरी महिलाका बारेमा पोस्टरमा लेखिएको छ, ‘धेरै मदिरा सेवनले महिला लापरवाही बनेर नचिनेकाहरुसँग पनि यौन सम्पर्क गर्छन्, उनीहरुको महिनावारी वा मासिक धर्म र गर्भधारणमा समस्या आउने गर्छ ।‘

उक्त कुरालाई लिएर सामाजिक सन्जालमा अहिले ती पोस्टरको विरोध भइरहेको छ । केही महिला नेताहरुले पनि पोस्टरलाई गलत बताइरहेका छन् । उक्त पोस्टर लिंगभेदी भएको बताइरहेका छन् । विरोधमा उत्रेकाहरुले पोस्टरको उद्देस्य राम्रो भएको तर त्यसमा लेखिएका कुरा महिलालाई मात्र लागु नहुने बताएका छन् ।