आज मौसम खराब हुने पूर्वानुमान

0
Shares

काठमाडौं । लगातार चिसो बढिरहेका बेला आज मौसम खराब हुने पूर्वानुमान गरिएको छ ।

उपत्यकासहित देशका केही पहाडी भूभागमा आज पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार काठमाडौंको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । गएको शनिबारदेखि काठमाडौंको न्युनतम तापक्रम बढिरहेको छ ।

चिसो बढ्दै गएका कारण जनजीवन समेत प्रभावित हुँदै गइरहेको छ । वर्षा भएपछि केही दिन चिसो बढ्ने र त्यसपछि चिसो घट्दै जाने मौसमविद्ले जनाएका छन् ।