शिवम् सिमेन्टद्वारा हेलिकप्टरबाट गोसाईकुण्ड दर्शन गर्ने विजेता छनोट

0
Shares

काठमाडौं, (नेस)
शिवम् सिमेन्टद्वारा सञ्चालित ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ योजनाअन्तर्गतको हेलिकप्टरबाट काठमाडौं–गोसाईकुण्ड–काठमाडौं, देव दर्शन यात्राको पहिलो चरणअन्तर्गत ६० कुपनमार्फत १२० जना विजेताको नाम लक्की–ड्रमार्फत चयन भएको छ ।

शिवम् सिमेन्टले पुस ५ गतेदेखि ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’नामक योजना सार्वजनिक गरेको थियो जसअन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी हातखाली नहुने उपहार सयदेखि हजार रुपियाँसम्म नगद र २ दशमलव ५० ग्रामदेखि १० ग्रामसम्मको सुन समावेस गरिएको थियो । सोही कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगानालेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्रमा भाग लिन सकिने व्यवस्था मिलाएको थियो ।

लक्की ड्रमा प्रत्येक विजेता कुपनमार्फत २ जना गरी ३६२ जनाका लागि हेलिकप्टरबाट गोसाइकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

सन् २००९ मा हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरीे क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।