सिद्धार्थ बैंकमा अनलाइन खाता खोल्न सकिने

0
Shares

काठमाडौं, (नेस)
बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा सुचारु गरेको छ ।

यस सुविधाबाट नेपाली तथा गैरआवासीय नेपाली नागरिकले देश र विदेशका कुनै पनि स्थानबाट सिद्धार्थ बैंकको वेबसाइटमा भ्चचयच१ ज्थउभचष्लिप चभाभचभलअभ लयत खबष्मि। गई सहज र सरल तरिकाले बैंक खाता खोल्न सक्नेछन् ।

उक्त सुविधाअन्तर्गत ग्राहकले आफ्नो कम्प्युटर, मोबाइल, ट्याबलेटको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ ।
सिद्धार्थ बैंकले हाल देशभर १२९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ सेवा, १४१ एटीएम र १ हजार १ सयभन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैंैकिङ सेवा प्रदान गर्दै आएको छ ।