टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

0
Shares

काठमाडौं,(नेस)
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी नियुक्त भएका हुनुभएको छ । सरकारले खुल्ला प्रतिस्पर्धाबाट टेलिकममै कार्यरत अधिकारीलाई तीन वर्षको लागि नियुक्त गरेको हो ।

अन्तिम प्रतिस्पर्धामा रहेका पँर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य र १० तहकै संगिता पहाडीलाई पछाडि पार्दै अधिकारी टेलिकमको नेतृत्वमा पुग्न सफल हुनु भएको छ ।

नियुक्त भएलगत्तै नेपाल समाचारपत्रसँग कुरा गर्दै अधिकारीले आफ्नो मुख्य योजनामा फोरजी परियोजानलाई देशव्यापीकरण गर्दै मोबाइल ब्रोड ब्यान्डलाई विस्तार गर्ने रहेको बताउनुभयो । उहाँले टुजी र थ्रीजीको बाँकी योजनालाई कार्यान्वयनमा लगेर विस्तार गर्ने, गुणस्तरलाई सुधार गर्ने, फाइवर टु द होम परियोजा अगाडि बढाउने आफ्ना योजना रहेको बताउनुभयो ।
मोबाइलको सेवालाई थप प्रभावकारी बनाउँदै सरकारले लिएको समृद्धिको यात्रालाई अगाडि बढाउनको लागि राष्ट्रको सञ्चारबाट योगदान पु¥याउने आफ्नो कार्यकालमा हुने अधिकरीको भनाइ छ ।

२०५९ सालमा टेलिकमा सातौं तहबाट प्रवेश गर्नुभएका अधिकारी २०६५ सालमा आठौं तह, २०७० सालमा नवौं र २०७५ भदौमा १०औं र पुसमा प्रबन्ध निर्देशकको पदमा पुग्न सफल हुनु भएको हो ।

नवनियुक्त प्रबन्ध निर्देशक अधिकारी यसअघि टेलिकममा प्राविधिक सल्लाहकारको रुपमा प्रबन्ध निर्देशककै सचिवालयमा कार्यरत रहनु भएको थियो । सञ्चार तथा सँचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा गठित छनोट समितिले १० जनाको आवेदन परेकोमा ८ जनाको नाम छनोट गरेको थियो । तीमध्ये अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।