सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहक तथा शयेरधनीलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंैकको खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहक तथा बैंकका शयेरधनीले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेसन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांँचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र ब्लु क्रस अस्पतालका कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

उता सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ थान कम्प्युटर बाल विनायक आधारभँत विद्यालय, सँर्यविनायकलाई हस्तान्तरण गरेको छ । सो कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा बैंकका मार्केटिङ्ग म्यानेजर सुबास शर्मा र विद्यालय व्यवस्थापन समितीका पँर्वअध्यक्ष कृष्ण सिलवाललगायतको उपस्थिति रहेको थियो ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९६ शाखा र २ वटा एक्स्टेन्सन काउन्टर साथै १२ वटा शाखारहित बैंकिङ गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।