स्याङ्जा प्रहरी कार्यालयमा विष्णु माझी: ११ वर्षपछि भयो बाबुछोरीको भेट

0
Shares

नेपाल समाचारपत्र, स्याङ्जा।
सधैं आफ्नो अनुहार ढाक्ने लोकप्रिय गायीका विष्णु माझी आइतबार स्याङजाको सीडीओ कार्यालयमा पुगेकी छन् । श्रीमान सुन्दरमणि अधिकारीसहित कार्यालय पुग्दा समेत उनले उनले सँधैझैं पछ्यौरी र मास्कले अनुहार ढाकेकी थिइन् ।

विष्णु माझी लामो समयदेखि ‘गुप्तवासमा’ रहेको विषयमा मिडियामा आएपछि स्याङजाका प्रमुख जिल्ला अधिकारी कोषराज निरौलाले चासो देखाएका थिए । सुन्दरमणि र विष्णु गाउँमा आएपछि उनले भेटघाटका लागि डाकेका थिए । भेटघाटमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी राजकुमार लम्साल पनि सहभागी थिए । लामो समयसम्म गुप्तावास बस्ता कुनै परिबन्दमा परेर बाहिर नदेखिएकी हुन कि भनेर भेट्न डाकेको स्याङजा स्थित एसपी लम्सालले जानकारी दिए । उनले भने ‘उहाँहरुको विषयमा समाचारहरु बाक्लै आउन थालेपछि खास स्थिति के हो त भनेर बुझ्ने सल्लाह मैले र सीडीओ साबले गर्‍यौं । त्यसैले उनीहरु जिल्ला आएको मौकामा बोलाएका हौं,’

आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आएका थिए । एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका हुन ।

सुन्दरमणिसँग बिहेपछि गुमनाम जस्तै रहेकी विष्णुको ११ वर्षपछि बाबुसँग भेट भएको छ। बाबु ५८ वर्षीय ताराबहादुरले छोरी विष्णुसँग भेट नभएको११ वर्ष भएको यसअघि कान्तिपुरसँगको कुराकानीमा बताएका थिए । ताराबहादुरले सानै उमेरमा छोरी काठमाडौँ गएपछि घर नआउने र आफू पनि काठमाडौँ जान नसक्ने हुँदा भेट नभएको बताएका थिए।