नेपाल पूर्व प्रहरी संगठन र नेपाल प्रहरीबीच सहयोग सम्बन्धमा छलफल

0
Shares

काठमाडौं ।
नेपाल पूर्व प्रहरी संगठन धापासीद्वारा आयोजित “नेपाल पूर्व प्रहरी संगठन र नेपाल प्रहरीवीच हुने पारस्परिक सहयोगू सम्बन्धमा आइतबार छलफल कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा उक्त संगठनको कार्यालय धापासीमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले स्थानीय निकायमा भएका श्रोत साधनलाई संस्थागत रुपमा प्रयोग गरी समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पूर्व प्रहरी कर्मचारीहरूको सीप, ज्ञान, कौशललाई उचित प्रयोग गर्न सकिने चर्चा गर्दै पूर्व प्रहरी कर्मचारीहरूले आफ्नो खारिएको अनुभवलाई विज्ञको रुपमा समुदायमा हस्तान्तरण गर्न आग्रह गर्नुभयो । साझेदारी कार्यक्रममा पूर्व प्रहरीले समेत नेतृत्वदायि भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठनलाई नमूना संगठन बनाउन आफू लागि परेको र कानुन कार्यान्वयन सम्बन्धमा कहिंकतै नचुक्ने उल्लेख गर्दै यसका लागि पूर्व प्रहरीको सदासयता आवश्यक रहेको बताउनुभयो । प्रहरीलाई कुनै पनि हालतमा कमजोर हुन नदिन आफूले गरेका उल्लेखनीय कामको उहाँले चर्चा गर्नुभयो । पूर्व प्रहरी संगठनका उपयुक्त सुझावलाई प्रहरी संगठनले आत्मसात गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

छलफल कार्यक्रममा प्रहरी महानिरीक्षक खनाल समक्ष नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष बसन्तराज कुँवरले संगठनको तर्फबाट विभिन्न सरोकार तथा अपेक्षा सम्बन्धमा सुझाव प्रस्तुत गर्नुभएको थियो ।

पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू, सो संगठनका पदाधिकारीहरु तथा संगठनका सातवटै प्रदेशका संयोजकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा आपसी सहयोग र समन्वय सम्बन्धमा छलफल भएको थियो ।