चर्चित उपन्यास जंगबहादुरका लेखक श्रीकृष्ण श्रेष्ठको निधन

56
Shares

नेपाल समाचारपत्र
काठमाडौं

चर्चीत उपन्यास जंगबहादुरका लेखक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ । लामो समयसम्म दमको रोगले ग्रस्त उहाँको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । शनिबार राति ठिकठाक सुत्नुभएका उहाँ अबेरसम्म नउठेपछि उहाँकी श्रीमतीले चिसो भयो कि भनेर हिटर समेत बाल्नुभएको थियो ।

तर, आईतबार विहान डाक्टरले चेकजाँच गरेपछि उहाँको मृत्यु भएको घोषण गरेका थिए ।
उहाँले साहित्यीक जगतमा कलम चलाउनुका साथै विभिन्न कार्यायलयहरुमा प्रमुख भएर काम गर्नुभएको थियो । उहाँ भूमिगत जलश्रोत विकास समितिका तत्कालिन परियोजना प्रमुख भएर पनि काम गर्नुभएको थियो ।

त्यतीमात्र नभई उहाँ गुड्स्तर तथा नापतौल विभागका पूर्व महानर्दिशक समेत भएर काम गर्नुभएको थियो । यस्तै हालसालै बजारमा आएको एतिहासिक उपन्यास जंगबहादुरका लेखक पनि हुनुहुन्थ्यो । उहाँको परिवारमा ५ छोरी, १ छोरा र श्रीमती छन् ।

परिवारका सबै सदस्य जमघट भैनसकेको हुनाले उहाँको शव पशुपति, आरेघाटको आइस घरमा राखिएको उहाँको पारिवारीक स्रोतले जनाएको छ । उहाँको अन्त्यष्टि भोली अपराह्न्न गरिने बताइएको छ ।