फोहोर न्यूनीकरण गर्न घरदैलो अभियान

0
Shares

ललितपुर पुल्चोक,

ललितपुर महानगरपालिका– ३ ले स्रोतमै फोहोर न्यूनीकरण गरौ भन्ने सन्देश प्रवाह गर्न घरदैलो अभियान शुरु गरेको छ ।

स्थानीय महिला समूह, टोल सुधार समिति, विभिन्न क्लबहरु परिचालन गरी वडाले सो अभियान शुरु गरेको हो ।सो अभियान आईतबार पुल्चोकको लाछिंबाट ललितपुर क्षेत्र– ३ का सांसद् पम्फा भुसालले शुभारम्भ गर्नुभयो ।कुहिने र नकुहिने फोहोर छुट्याउन हरियो र रातो बाल्टिन वितरण गरेर अभियानको शुम्भारम्भ गरिएको हो ।

त्यसक्रममा घरेलु बिन कम्पोष्टिङ विधि, फोहोरमैला न्यूनीकरण सम्बन्धी चेतनामूलक पर्चा, पम्पलेट वितरण गरिएको थियो ।

फोहोरलाई कुुहिने र नकुहिने वर्गीकरण गरी स्रोतमै न्यूनीकरण गर्ने कार्यक्रम अन्र्तगत सो अभियान शुरु गरिएको वडाका कार्यवाहक अध्यक्ष गणेशकुमार रजकले बताउनुभयो ।

अभियानका लागि ५ लाख रुपैयाँ बजेट विनियोजित गरिएको छ ।यो एउटा सचेतनामूलक अभियान हो । यसले महानगरपालिकामा विकराल हुँदै गएको फोहोरमैलाको समस्या समाधान गर्न केही हदसम्म टेवा पु¥याउने छ ।’ कार्यवाहक अध्यक्ष रजकले भन्नुभयो ।

पहिलो चरण अन्र्तगत करिब १ हजार घरपरिवारलाई सो बाल्टिन वितरण गरिने छ ।त्यससंगै प्लास्टिकको झोला प्रयोगलाई न्यूनीकरण गर्न कपडाको झोला वितरण गरिएको छ। अभियान दुई महिनासम्म सञ्चालन हुने वडाले जनाएको छ ।

कुुहिने फोहोरलाई मल बनाउने तालिमसहित कम्पोष्ट विन वितरण गर्ने वडा सदस्य रुपेश थापाले जानकारी दिनुभयो । वडामा १८ सय घरधुरी रहेको छ ।