संसद बैठक २५ गतेसम्मका लागि स्थगित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
प्रतिनिधिसभा बैठक २५ गतेसम्मका लागि स्थगित भएको छ । आज भएको प्रतितिधिसभा बैठकमा नेपाली कांग्रसका सांसदहरुले रोस्टर्ममा गए्र बैठक अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित बैठक सुचना टाँसेर स्थगित भएको हो । प्रम ओलीले दिनुभएको सार्वजनिक महत्वको विषयको वक्तव्यमाथि असन्तुष्टि जनाउँदै कांग्रेस सांसदहरुले बोल्न पाउनुपर्छ भन्ने माग गरेका थिए ।

तर, सभामुख कृष्णबहादुर महराले भने कांग्रेस सांसद डां मिनेन्द्रप्रसाद रिजाललाई मात्र बोल्न समय दिनुभएको थियो । कांग्रेसका अरु सांसदले पनि आफुहरुले पनि बोल्न पाउनुपर्ने माग गरेका थिए । उता नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुुवालले पनि बोल्नका लागि हात उठाइरहनुभएको थियो । कांग्रेस सांसद गगनकुमार थापाले कार्य व्यवस्था परामर्श समितिको बैठकमा पाँच जनालाई बोल्न दिने सहमति भएको र अन्तिममा आएर बोल्न नदिएपछि बैठक अवरोध गर्नुपरेको बताउनुभयो ।

बैठक स्थगित हुनासाथ प्रम ओली बाहीर निस्किएपछि बैठक स्थगित भएको हो। प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१९ मा सार्वजनिक महत्वको विषयमा दिएको मन्तव्यको विषयलाई लिएर सभामुखको अनुमति लिई विषयवस्तुमा केन्द्रित रहि प्रश्न सोध्न सकिने व्यवस्था छ ।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले जनताको हक अधिकार स्थापित गर्ने संसदमा प्रस्स्त रुपमा छलफल र बहस गर्न पाउनुपर्ने तर्क राख्नुभयो ।