प्रधानमन्त्री ओलीले भनेः केही समय धैर्य गरौं, पानीजहाज र रेलको टिकट काट्न पाइन्छ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानीजहाजको टिकट काट्न पाइने आश्वासन दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रेल र पानीजहाजको काम अगाडि बढिसकेकाले यसमा धैर्य गर्न सबैलाई अनुरोध गरेका हुन् ।

केही मानिसले कागजको पानीजहाज र खेलौना रेल बनाएर मजाक उडाए, रेलको टिकट कहिले खुल्छ पानीजहाज कहिले चढ्न पाइन्छ भनेर पनि सोधेु सम्बोधनमा ओलीले भने, ‘रेलको टिकट खुल्छ, पानीजहाज पनि चड्न पाइन्छ ढुक्क हुनुस्।’ उनका अनुसार जेल संञ्चालन र पानीजहाजको काम अगाडि बढिसकेको उनले दाबी गरे।प्रधानमन्त्री ओलीले पानी जहाज चल्ने भन्दै पुस १६ का लागि टिकट काट्न निम्तो दिएका थिए ।

तर, उनले आफ्नो बाचा किन पूरा भएन भन्ने जवाफ दिनुको साटो प्रश्न गर्नेहरुलाई नै व्यंग्य गरेका छन् ।

अहिले कुल बैदेशिक सहायता बढ्नुका साथै उद्योगहरू, बैंकिङ क्षेत्रको कुन निक्षेप र नयाँ परियोजनाहरू पनि बढेको प्रधानमन्त्री ओलीले दाबी गरेका छन्।