हवाइ उडानका थरिथरिका अप्रिय अनुभव


लन्डन,(एजेन्सी)
यदि लामो हवाई यात्राको क्रममा तपाईंको संगैको सिटमा बस्ने यात्रुले निँद«ामा घुर्ने गरेको छ भने वा तपाईंको सिट पछाडि बस्ने कुनै साना ेबालकले घन्टौं सम्म तपाईं सिट पछाडि लात्तीले हानिरन्छन् भने पककै पनि तपाईंलाई दिक्क लाग्ने छ । तर हवाई उडान क्रममा देखिने केहि अन्य यस्ता घटना पनि छन् जस्का अगाडि माथि उललेखित कुरा केहि पनि होइन ।

यसै वर्षको शुरुमा सामाजिक संजालमा विमानका चालक दलका सदस्यहरु र यात्रुहरुले सेयर गरेका केहि दुखलाग्दा र अप्रिय घटनाप्रति असंख्य मानिसका ध्यान आकर्षित भएको छ । संयुक्त राज्य अमेरिका तर्फ यात्रा गर्ने क्रममा आफुले भोगेको घटनाको स्मरणको क्रममा एकजना यात्रुले संगैं बस्ने यात्रुले उडानभरि निरन्तर चुरोट पिएको उल्लेख गरेका छन् ।

उनले उक्त अप्रिय पलहरुलाई यसरी याद गरेका छन् , ‘ ति अपरिचित असभ्य यात्रुले विमान भित्रो धुमपान निष्ोध नियमलाई मज्जाले लत्याएका थिए । विमान उडेको त्यस्तै एक घन्टा मात्रै भएके थियो । उनी बाथरुम जान सिटबाट उठे । उनले आफ्नो कानमा चुरोट भिरेका थिए । अलि अँध्यारो थियो । उनी सिटमा फर्किँदा उनको कानमा त्यो चुरोट थिएन । उनी उठेर चुरोट सहित बाथरुम जाने क्र प्रत्येक ४५ मिनेटपछि दोहरि नै रह्यो ।

तर उनी पाँचौ पटक बाथरुबाट फर्केपछि बल्ल पिए सिस्टमबाट एकजना फ्लाइट एटेन्डेन्सले कसैले बाथरुममा बसेर चुरोट पिइने गरिएको चाल पाएको घोषणा गरे । साथै ति एटेन्डेन्टले आफुहरुले कसले यो गल्ती गरेको पनि थाहापाइ सकेको बताएपछि भने उनी अर्को पटक पुन उढेर बाथरुम गएनन् ।

’ यसैगरी एउटा अन्तराष्ट्रिय उडानमा पुर्व फ्लाइट एटेन्डेन्स रहेकी एक महिला भन्छिन् , ‘ एउटा उडानको क्रममा एक दम्पती अत्यन्त ैआपत्तिजनक काममा लिप्त रहेका थिए । क्याविनको लाइट अफ भएपनि तिनीहरुको टाउको माथि बलेका मधुरो लाइटमा तिनीहरुको चर्तिकला लुक्न सकेको थिएन ।

मैले अर्को फ्लाइट एटेन्डेन्टलाई इशारा गरेँ । उनले क्याविनको लाइट अन गरिदिएपछि बल्ल तिनीहरुले अश्लिल हर्कत बन्द गरे । सन् १९९४ देखिनै विमान उडानमा संलग्न रहँद ेआएके दावी गर्ने एकजना चालक दलका महिला सदस्यले भनेका छन् , ‘ एकपटक म विमान अवतरण हुनु दुइ घन्टा अघि बिहानको नास्ता बााड्दै थिएँ । केहि यात्रु अझै निँदाइरहेका थिए ।

म ति सुतिरहेका यात्रुका सामुको ट्रेममा पनि नास्ता सर्भ गर्दिै थिएा । त्यसो गर्दा तिनीहरु बिउँझेपछि नास्त ागर्न सक्थे र मलाई पनि पुन प्रत्येक सिटमा गएर नास्ता सर्भ गरिरहनु आवश्यक थिएन । तर अचानक एटा सिटमा आँखा पुग्ना साथ म छक्क परेँ । एकजना याुत्रुले आफ्नो भागको नास्ता खाइसकेपछि सगै निँदाइरहेका सहयात्रुको नास्ता पनि मज्जाले पकापक खाइरहेका थिए ।


यसैगरी एउटा एयरलायन्समा सत्तरीको दशकमा काम गर्ने एकजना कर्मचारीले एकपटक उडानमा थप एकजना यात्रुलाई लिएर अमेरिकाको न्युयोर्क तर्फ उड्नु पर्दाको समस्याबारे बताएका छन् । उनी सम्झन्छन् , ‘ त्यतिवेला यात्रुहरु ठूला भ्यालेट ब्याग बोकेर यात्रा गर्दथे ।

तिनलाई क्याविनकै दराजमा राख्नु पथ्र्यो । तर एकपटक विमान अवतरण भएपछि दराज पुरुा नढलउन्जेल एउटा ब्याग फेला नै परेन । एकचोटि त यात्रु नाम सुचिमा भएके व्यक्ति विमान भित्र नभेटिँदा ठूलो लफडा भएको थियो । वास्तमा ति यात्रु जिवित थिएन । ति वृद्धकोे कफिनमा रहेको लाश तनका परिवार न्युयोर्कमा अन्त्येष्टि गर्न लाँदै थिए । त्यो कफिन भने यात्रुहूको लगेज राख्ने अर्कै क्याविनमा रहेको थियो ।