हलिवुडका सेलिब्रिटीहरुको घर चोर्ने पक्राउ


लसएन्जेल्स,(एजेन्सी)
अमेरिकाको लस एन्जेल्स प्रहरीले हलिवुड हिल्सका थुप्रै सेलेब्रिटीहरुको घरमा भएका श्रंखलावद्ध चोरीको समबन्धमा गरिएको अनुसनधानको क्रममा एकजना पुरुषलाई गिरफतार गरिएको विहिवार जनाएको छ ।

३२ वर्षिय बेन्जामिन एकम्र्यान नामक ति व्यक्तिको साथबाट लाखौं अमेरिक िडलर मुल्य वरावरको सयौं चेरिएका वस्तुहरु फेलापरेको प्रहरीले जनाएको छ । उनले सन् २०१७ देखि यसरी चोरी शुरु गरेका थिए ।

उनले चोरी गर्नु अघि नाम चलेका कलाकारहरुको घरमा घर खरिदकर्ताको रुपमा जानेगरेको पनि अनुसनधानबाट खुल्न आएको छ । उनको चोरीको शिकार हुनेमा नाम चलेका संगीतकार उसर र एडम लाम्वर्ट पनि रहेका छन् ।
अहिले समम चोरिएको वस्तुहरुको आधारमा १३ जना पिडितको पहिचान भइसकेको स्थानयि संचार माध्यमले जनाएको छ ।

बुधवार उनको गिरफतारीको घाषणा गर्दै लस एन्जेल्स प्रहरीका गुपतचर अधिकारी जारेड टिम्मोन्सले भनेका छन् , – अनुसनधानकर्ताहरुले करम्यानको घर र अर्को एउटा छुटै भण्डार कक्षबाट चोरिएको मंहगा सामानहरु फेला पारेका हुन् । ’ प्रहरीले फेला परेका ति सामनहरुको तस्वीर आफ्नो वेवसाइटमा राखेको छ ।