ट्रम्पको राष्ट्रिय संकट घोषणा गर्ने चेतावनी


वासिंगटन,(एजेन्सी)
अमेरिकाको विपक्षी डेमोक्रेटहरूसँग चरम विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेटसम्बन्धी विधेयकमा हस्ताक्षर नगरेको खण्ड संघिय सरकारको खर्च रोक्ने चेतावनी दिएको अमेरिकी संचार माध्यमले जनाएको छ । डेमोक्रेट नेताहरूसँग भएको वार्तापछि ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन कंग्रेसलाई बाइपास गरेर राष्ट्रिय संकटको घोषणा गर्न समेत आफु पछि नहट्ने जानकारी दिएका छन् ।

सत्तामा पुगेदेखिनै ट्रम्प मेक्सिकोबाट वर्षेनी हजारौं संख्यामा अमेरिकामा अवैध ढंगले प्रवेश गर्ने आप्रवासी रोक्ने अभियानमा जुटेका थिए । यसरी अमेरिका प्रवेश गर्नेहरुलाई रोक्न ट्रम्प सरकारले सिमा क्षेत्रमा फौज परिचालन गरेको थियो ।

अवैध ढंगले अमेरिका छिर्न खोज्दा आफ्ना अभिभावकसंगै पक्राउ परेका केहि बालबालिकाको हिरासतमा मृत्यु भएकपछि ठूलो विवाद सिर्जना भएके थियो । हुन त ट्रम्पको विश्वका केहि मुश्लिम राष्टका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने नीति पनि निकै विवादास्पद हुन पुगेको थियो ।

मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने रकम कंग्रेसले उपलब्ध नगराउँदा ट्रम्प आक्रोशित भएका हुन् । अमेरिकामा मेक्सिकोमा पर्खाल बनाउने विवादपछि सरकारी खर्च बन्द भएको तेस्रो साता भइसकेको छ ।

गत डिसेम्बर २२ देखि ८ लाख संघिय कर्मचारीले तलब पाएका छैनन् । यस विषयमा कंगे्रसले अटेर गरिरहेमा राष्ट्रिय सकंटको स्थितिको घोषणा गर्दै अघि बढ्ने चेतावनी राष्ट्रपति ट्रम्प दिँदै आएका छन् । यस संकट समाधानका लागि ट्रम्पका सहयोगीहरुबीच शनिवार राति बैठक बस्ने कार्यक्रम रहेको छ ।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले शुरुमा राष्ट्रपति भवन व्हाइट हाउसमा विपक्षी नेताहरुसंग भएको नब्बे मिनेट लामो वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका थिए ।

तर के संकटकाल घोषणा गर्ने राष्ट्रपतिको विशेष अधिकार प्रयोग हुन्छ त भन्ने प्रश्नको जवाफमा ट्रम्पले भनेका छन् , ‘ मैले यो गर्न सक्छुँ । हामीले राष्ट्रिय संकट घोषणा गरी बिद्यमान समस्या चाँडै गर्न सकिन्छ । म आफुले गर्न गएरहेको कार्य प्रति गौरान्वित छुँ । मैले यसलाई निषेधको संज्ञा दिन्न । मेरो विचारमा यो हाम्रो राष्ट्रको फाइदा र सुरक्षाको लागि हो । ’
यसैगरी अमेरिकी सभामुख न्यान्स िपेलोसीले पनि शुक्रवारको व्हाइट हाउसको वार्ता विवादास्पद रहेको प्रतिक्रिया दिएकी छिन् ।