काठमाडौं, (नेस)
क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक कृति ‘बारुदमाथि उड्दा’ सार्वजनिक भएको छ ।
बुक–हिल पब्लिकेसनद्वारा प्रंकाशित उक्त पुस्तक राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाद्वारा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा संयुक्त रुपमा सावर्जनीक गरिएको थियो ।
द्धन्द्धकालमा उच्च जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका क्याप्टेन थापाले युद्धस्थलका ताजा घटना, छट्पटाइरहेका घाइतेका चित्कार तथा आगोको मुस्लो र बारुदको धुवाँले रङमंगिएको बखतका उद्धारको समग्र चित्र पुस्तकमा समेट्नुभएको छ । पत्रकार राजाराम गौतमद्वारा सम्पादित उक्त पुस्तकको मूल्य ५ सय २५ रुपियाँ तोकिएको छ ।











प्रतिक्रिया