दुर्गाप्रसाद शर्मा, पर्वत
हिउँदमा खानेपानीको चरम अभाब भोग्दै आएको पर्वतको मोदी गाउँपालिका वडा नं ६ र ८ मा एक घर एक धारा बनाउने उद्देश्य सहित खानेपानी योजना निर्माण शुरु भएको छ ।
मोदी गाउँपालिका वडा नं ६ मा पर्ने साविकको तिलहार गाबिसको ठुलो भूभाग र वडा नं ८ साविकको चित्रे ओडारे गाउँमा हरेक घरमा एक धारा पु¥याउने उद्देश्य सहित दराक तिलहार खानेपानी योजना निर्माण शुरु भएको हो । खानेपानी योजनाको बुधबार पर्वतबाट निर्वाचित प्रतिनिधीसभाका सदस्य पदम गिरीले शिलन्यास गर्नुभयो ।
खानेपानी तथा सरसफाई डिभीजन बागलुङ्गले झण्डै ३ करोडको लागतमा खानेपानी योजना निर्माण शुरु गरेको छ । खानेपानी योजनाबाट मोदी गाउँपालिका ६ र ८ वडाका ३ सय ४३ घरमा एक घर एक धारा निर्माण गरिने डिभीजन प्रमुख प्रेम डोटेलले बताउनुभयो । यस बाहेक नवजागृत माध्यामिक बिद्यालयमा समेत खानेपानी योजना निर्माण गरिनेछ। योजनाबाट मोदी ८ को ओडारे, मोदी ७ को दराक, रात्माटा र ठानागाउँमा खानेपानी आपुर्ति हुनेछ ।
खानेपानी योजनामा ओडारे, दराक, रात्माटा र ठाना गरि ३ चार वटा स्किममा काम हुने भएकाले एउटा स्किम सकेर अर्को स्किम शुरु गर्दा काम प्रभावकारी हुन सक्ने उहाँको छ । डिभीजनकी इन्जिनियर संगिता बरालले उपभोक्ताले २० प्रतिशत श्रमदान गरि योजना समयमा सम्पन्न सहयोग गर्न आग्रह गर्नुभयो ।
शिलन्यास कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले चार बर्षभित्रमा पर्वत जिल्लालाई मुलुकमै पहिलो स्वच्छ पिउने पानीयुक्त जिल्ला बनाउने लक्ष्य सहित खानेपानी क्षेत्रमा काम भैरहेको बताउनुभयो । अहिले निर्माणधिन योजनाहरु समयमा सम्पन्न गर्ने, मर्मत गरेर पुग्ने योजनाहरु मर्मत गर्ने तथा आवश्यक थप योजनाहरु समेत यस अवधीमै सकेर स्वच्छ पिउने पानीयुक्त जिल्ला बनाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।











प्रतिक्रिया