दयाराम पण्डित, बाजुरा
लिखित परीक्षामा पास भएर अन्तरवार्ता दिन नपाउँदै फेल भएको घटना बिरलै सुन्न पाइन्छ । तर शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले गत मंसिर २० गते प्रकाशित गरेको प्रावि तहको नतिजामा यस्तै घटना भएको छ । बाजुरा जिल्ला साविकको रुगिन गाविस–४ की कल्पनाकुमारी मल्लले यस्तो पीडा खेप्नु परेको हो ।
शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरद्वारा मंसिर २० गते प्रकाशित प्राथमिक तह तृतीय विज्ञापन नम्बर १०२।०७३ नतिजामा क्रम संख्या २२ मा सिम्बोल नम्बर ६९१२००२६ मा कल्पना कुमारी मल्लको नाम प्रकाशित भएको छ । लिखित परीक्षामा पास भएको भन्दै शिक्षक सेवा आयोगबाट तोकिएको मिति २०७५ पौष १६ गते सिलगढी, डोटीमा अन्तरवार्ताको लागि पुग्दा उनको नाम लिस्टमा नभएको भन्दै फिर्ता गरिएको बताइएको छ । ‘लिखित परीक्षामा पास भएको नतिजा मसँग थियो, सोही आधारमा म अन्तरवार्ता दिन गएँ । परीक्षाहलमा प्रवेश गर्न खोज्दा तपाईको नाम लिस्टमा छैन, तपाई परीक्षा दिन पाउनुहुन्न भन्दै कर्मचारीले बाहिर धकेलेपछि म एक्कासि अक्मकिएँ’ –कल्पना कुमारी मल्लले बताइन् ।
त्यसपछि सम्बद्ध अधिकारीलाई सोद्धा प्रविधिक कठिनाइले प्रकाशित भएको हुन सक्ने उत्तर पाएँ । ‘अन्तिम नामावली प्रकाशनमा समावेश छैन, तपाइँ लिखितमा अनुउत्तीर्ण हुनुभएको छ’, परीक्षा समितिका पदाधिकारीले बताए । पछि मैले बाहिर निस्कनुको विकल्प रहेन मल्लले गुनासो गरिन् ।
उसो त मौखिक परिक्षामा समावेश हुन नपाएपछि उनले सानेठिमी भक्तपूर पुगेर निवदनसहित दिईन, तर अधिकारीले कुनै सुनुवाइ नगरेको गुनासो मल्लको छ । शिक्षाक सेवा आयोगको वेभभसाइडमा भने बारम्बारको सोधनीपछि सिम्बोल नम्बर ६९१२००२७ का कल्पना मल्ल उत्तीर्ण भएको नतिजा राखिएको छ । नाम उनकै भएकोे आर्थिक चलखेल भएकै कारण आफ्नो नाम अन्तिम समयमा हटाएको आरोप मल्लको छ ।
एकाएक नाम कसरी काटिन्छ त भन्ने सन्दर्भमा शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमले पनि प्राविधिक कमजोरी भएको बताउनुभयो । मौखिक परिक्षामा समावेश हुन नपाएकी मल्ल २५ वर्षदेखि शैलेश्वरी मावि फैतीमा प्रावि तहमा कार्यरत छन् ।











प्रतिक्रिया