विमल विष्ट, डोटी
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका दुई जिल्लाका दुर्गम गाउ“पालिकाले अनुकरणीय अभ्यासको सुरुवात गरेका छन् । आपसमा सिमाना जोडिएको बझाङ्गको थलारा र डोटीको सायल गाउ“पालिकाले बिकासमा संयुक्त साझेदारी गर्न अभ्यास थालेका छन् ।
यसरी दुई स्थानिय तहबिच गरिएको अभ्यास सम्भवतः नेपालमै पहिलो पटक भएको जिल्ला समन्वय समिति बझाङ्गका संयोजक खडकबहादुर खड्काले बताउनु भयो । दुबै गाउ“पालिकाको मध्य सिमामा धार्मिक क्षेत्र मालिका र शिरमा खप्तड छ । पर्यटकीय क्षेत्र मालिका गुराउ“सेका नाममा ९ बुंदे घोषणा पत्र जारी गरी मालिका र खप्तड कोरिडोरको बिकासका लागि संयुक्त कार्यदल गठन गरेर योजनाहरुमा साझेदारी गर्ने सहमती भएको सायल गाउपालिका डोटीका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनु भयो ।
उनीहरुले आपसमा लामो समयदेखिको सीमा बिबाद पनि टुंग्याउन पहल सुरु गरेका छन् । लामो समय देखि दुई स्थानिय तहका बासिन्दाबिच सीमाको बिबादका कारण मनमुटाव बढ्दै आएको थियो । सायल गाउपालिकाको वडा नं. २ र थलारा गाउपालिकाको वडा न. २ को सिमानामा पर्ने मालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्र आ–आफ्नो सीमा अन्र्तगत पर्ने दाबी स्थानियले गर्दै आएका थिए । ‘एकले अर्काको सीमानाको वोर्ड फालिदिने, जंगलमा गएर जथाभावी उपभोग गरेको बिषयमा झै झगडा हुदै आएको थियो’, अध्यक्ष डुम्रेलले भन्नु भयो,–‘अहिले कार्यदल गठन गरि दुबै जिल्लाको नक्साका आधारमा प्राबिधीक ल्याएर बिबाद टुंग्याउने सहमती गरियो ।’
बझाङ्गको थलारा गाउपालिकाका ९ वडामध्य ३ वडा डोटीको सायल गाउपालिकाको सीमानासंग जोडिएका छन् । ती वडाबासीहरु बिच ब्यापारीक तथा सांस्कृतीक सम्बन्ध सुमधुर छ । तीन वटै वडाहरु सडकसंग जोडिएका पनि छन् । तर बझाङ्गको थलारा गाउपालिकाको पश्चिम क्षेत्रमा पर्ने वडाबासीलाई डडेल्धुरा–खोड्पे–चैनपुर सडक भएर तराईबाट आउन लामो दुरी र आर्थिक ब्यभार बढ्ने गरेको छ । थलारा गाउपालिकाले सायलपालिका संग दिपायल–पातीहाल्ने–थलारा सडकको मर्मत तथा स्तरोन्नतीका लागि बजेटमा साझेदारी गर्ने तथा प्रदेश र संघीय सरकारसंग संयुक्त रुपमा बजेट माग गर्ने सहमती पनि गरेका छन् ।
अनुभव साटासाट
उनीहरुले भबिष्यका योजनामात्र बनाएका छैनन् । डेढ बर्ष यता एक अर्काले गरेका राम्रा अभ्यासहरु पनि सिक्ने अवसर जुराएका छन् । बझाङ्गको थलारा गाउपालिकाले रोजगारी अभिबृद्धि र कृषि प्रर्बधनका लागि संचालन गरेका गतिबिधीहरु आफुहरुका लागि सिकाई भएको सायल गाउपालिका अध्यक्ष तेज डुम्रेलले बताउनु भयो ।
‘थलारा गाउपालिकाले छालाको जुक्ताको सीपमूलक तालिम दिएर दलित परिवारहरुमा ल्याएको परिवर्तन तथा महिलाहरुका लागि स्थापना गरेको होजीयारी उद्योग अत्यन्तै सराहनीय काम गरेको रहेछ’, डुम्रेलले थप भन्नु भयो,–‘कृषिलाई अर्गानिक क्षेत्र बनाउन प्रारङ्गगारिक मलमा दिएको प्रोत्साहन र अनुदानको कार्यक्रम सायलमा पनि अनुसरण गर्नु पर्ने महसुस गरियो ।’
यस्तै ग्रामिण सडकको नियमित मर्मत सम्भारको लागि कर्मचारीको व्यवस्था गरेको कुरा पनि आफुहरुलाई राम्रो लागेको जनप्रतिनिधीहरुले बताएका छन । सो अनुभव आदान प्रदान कार्यक्रममा स्थानिय तहका कार्यपालिका समिति, कार्यालय प्रमुखहरु, बिषयगत शाखाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।











प्रतिक्रिया