ओपो एफ नाइनको जेड ग्रिन बजारमा आउँदै

0
Shares

काठमाडौं, (नेस)
ओपोले ओपो एफ नाइनको जेड ग्रिनको लिमिटेड एडिसन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

ओपो एफ नाइन जेड ग्रिन जनवरी महिनाभित्र नेपाली बजारमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

हरियो, सेतो र सुनौलो रङको सम्मिश्रणसहित सार्वजनिक गर्ने तयारीमा रहेको जेड ग्रिन अघिल्ला संस्करणमा झै यसमा भने फोनको पछिल्तिर डायमण्ड प्याटर्नको प्रयोग नगरिएको झैँ देखिएको छ ।

फोनको अघिल्तिर डिस्प्लेको माथिल्लो भागमा ओपोको सिग्नेचर वाटरड्रप (पानीको थोपा) झैँ देखिने नोचको व्यवस्था गरिएको छ । एफनाइनमा ९० दशमलव ८ प्रतिशत डिस्प्ले ओगट्ने गरी यस श्रेणीको फोन मध्यकै उच्च स्क्रिन टु बडी रेसियोको प्रयोग गरिएको छ । जेड ग्रिनफोनमा पनि यसैलाई निरन्तकर्ता दिइएको देखिन्छ ।

फोनको प्यानललाई कोर्निङ गोरिल्ला ग्लास ६ मार्फत सुरक्षा प्रदान गरिएको छ । फोनमा रहेको नोचमा सेल्फीका लागि २५ मेगापिक्सेलको क्यामेरा र पोट्र्रेर तथा बोके सट्सका लागि १६ एमपीका साथमा २ एमपी डेप्थ सेन्सर सहितका क्यामेराको व्यवस्था गरिएका छन् ।

ओपो एफ नाइनमा कम्पनीले प्रोसेसरका रुपमा ४ जीबी ¥याम र ६४ जीबी रोमका साथमा मिडियाटेक हिलियो पी ६० उपलब्ध गराएको छ । फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने ३ हजार ५ सय एमएएच क्षमतासहितको ब्याट्री जडान गरेको छ । यसले मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम दिने क्षमता राख्ने कम्पनीले जनाएको छ ।