नेप्से एक सातामा २६ अंकको गिरावट

0
Shares

काठमाडौं, (नेस)
बजार घट्ने स्पष्ट कारण नभए पनि नेपाल स्टक एक्सचेन्ज (नेस) भने निरन्तर घट्दै गएको छ । जसका कारण यस साता साताभर नेप्से परिसँचक २६ दशमलवभन्दा बढी अंकले घटेको छ ।

साताको पहिलो दिन आइतबार १२०४ दशमलव ५४ अंकमा रहेको रहेको नेप्से परिसँचक साताको अन्तिम कारोबार दिन बिहीबार ११७८ दशमलव शँन्य एक अंकमा झरेको छ ।

साताभर १ अर्ब ६१ करोड ७७ लाख ३ हजार ६६० रुपियाँबराबरको शेयर कारोबार भएको छ । अघिल्लो साताको तुलनामा यस साता नेप्से परिसँचक र कारोबार रकम दुवै घटेको छ ।

यस साता कुल १६८ कम्पनीको ४६ लाख ५४ हजार १३० कित्ता शेयर खरीद बिक्री भएको नेप्से जनाएको छ ।