गठ्ठाघरमा कालिमाटी पछिको ठँलो तरकारी बजार

0
Shares

भक्तपुर,(नेस)
भक्तपुरको गठ्ठाघरमा काठमाडौं कालिमाटी पछिको दोस्रो ठँलो तरकारी बजार स्थापना भएको छ । उक्त तरकारी तथा फलफँल बजार माघ १ गतेदेखि सञ्चालनमा आउने भएको सञ्चालकले जनाएका छन् । स्थानीय राजनीतिकर्मी श्यामसुन्दर बस्नेतले मध्यपुरथिमि नगरपालिका–३ मा भक्तपुरकै पहिलो व्यवस्थित र ठँलो तरकारी बजार सञ्चालनमा ल्याउन लाग्नु भएको हो । करिब ६ करोड ५० लाख रुपियाँको लागतमा निर्माण भइरहेको बजार ८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

सञ्चालक बस्नेतका अनुसार, व्यवसायी तथा उपभोक्ताको सुविधाका लागि तरकारी बजारमा छुट्टै २ रोपनी क्षेत्रफलमा पार्किङसमेतको व्यवस्था गरिएको छ । सँर्यविनायक नगरपालिका–२ बालकोटमा कृषक बाबु श्यामबहादुर र आमा नानुले मिहेनतका साथ उब्जाएको एक मुठा फर्सीको मुन्टा बिचौलियाले १० मा किनेर एक किलोमिटरको दँरीमा अवस्थित गठ्ठाघरमा लगेर ३० रुपियाँमा बिक्री गरेको देखेपछि बस्नेत बिचौलियाको अन्त्य गर्ने अठोटका साथ तरकारी बजार निर्माणमा जुट्नु भएको हो ।

मध्यपुरथिमिको चारदोबाटो, गठ्ठाघर र सँर्यविनायकको बालकोटको मुख्य सडकबाट तरकारी बजारमा जानसक्ने गरी दुईतर्फी सडक विस्तार गरी बस्नेतले १ सय ३० वटा सटर र १ सय ५० स्टल गरी २ सय ८० वटा तरकारी पसल रहने तरकारी बजार निर्माण गर्नुभएको छ । माघे संक्रान्तिमा स्थानीयलाई सर्वसुलभ रुपमा तरुल उपलब्ध गराएर तरकारी तथा फलफुल बजारको प्रचार प्रसार गर्न पुस २५ गतेदेखि सस्तोमा तरुल बिक्री शुरु गर्ने र माघ १ गतेदेखि सबै तरकारी पाउने गरी सञ्चालन गरिने सञ्चालक बस्नेतले बताउनुभयो ।

सञ्चालक बस्नेतका अनुसार, बजारमा करिब ७० प्रतिशत सटर स्टल बुकिङ भइसकेको छ । कृषकलाई बजार खोज्न नपर्ने र बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित स्थापना गरिएको बताउँदै बस्नेतले भन्नुभयो–‘म राजनीतिकमात्रै होइन सामाजिक मान्छे पनि हुँ, कृषकले मरिमरि गरेको मिहेनत र दुःखको मँल्य नतिर्ने र बिना लगानी ३ सय प्रतिशतसम्म नाफा खाने बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित मैले बजार सञ्चालनमा ल्याएको हुँ ।’

बजारको सुरक्षा व्यवस्था पनि चुस्त बनाउन तरकारी बजार प्रवेश गर्न दुई वटा मुख्यद्वारमा र बजारभित्र २४ सै घण्टा सुरक्षागार्डको व्यवस्था गरिएको छ भने बजारभित्र १८ वटा सीसी क्यामेरा जडान गरिने छ ।