तंग्रिदै रोल्पा, युद्ध पर्यटनका निम्ति धमाधम योजना

0
Shares

महेश न्यौपाने, रोल्पा
युद्ध पर्यटनको उर्वर भँमि भनिए पनि रोल्पाले अहिलेसम्म यसबाट लाभ लिन सकेको छैन । १० वर्ष लामो सशस्त्र युद्धमा रोल्पाका कुनै पनि वस्ती अछुतो रहेनन् । शान्ति प्रक्रियासँगै रोल्पालाई युद्ध पर्यटनको केन्द्र बनाउने भनिए यसतर्फ कसैको चासो नजाँदा रोल्पाको युद्ध पर्यटन आकाशको फल आँखा तरि मर भएको थियो ।

पछिल्लोपटक जिल्लामा पर्यटन विकासका लागि बजेट विनियोजन गरेसंँगै यहाँको पर्यटन विकासमा मद्दत मिल्ने स्थानीयले अपेक्षा गरेका छन् ।
जिल्लाको पर्यटन विकासको लागि भन्दै डिभिजन वन कार्यालयमार्फत ३ करोड ८० लाख बजेट प्रस्ताव गरिएसंँगै रोल्पाको पर्यटन विकासमा सरकारी चासो बढ्न थालेको संकेत मिलेका हो ।

चालँ आर्थिक वर्षमा कार्यान्वयन गरिने उक्त बजेटमध्ये प्रदेश सरकारले २ करोड ३५ लाख र संघीय सरकारले १ करोड ४५ लाख व्यहोर्ने भएका छन् ।
युद्ध पर्यटनका अलावा धार्मिक, सांस्कृतिक र पर्यटनको समेत राम्रो सम्भावना भएको रोल्पामा चालँ आर्थिक वर्षको बजेटले समेत सबै क्षेत्र छुन कोसिस गरेको छ । प्रस्तावित बजेटमध्ये १० लाख रुपियाँ सामुदायिक वनमा पर्यापर्यटनका लागि खर्च गरिने डिभिजन वन कार्यालय रोल्पाले जनाएको छ । रुन्टीगढी गाउँपालिकास्थित गढीलेख सामुदायिक वन क्षेत्रमा उक्त बजेट खर्च गरिने बताइएको छ ।

यसैगरी जलजला क्षेत्रमा पदमार्ग निर्माणका लागि २५ लाख बजेट प्रस्ताव गरिएको छ । धार्मिक पर्यटकीय क्षेत्र जलजलासम्म पुग्ने पदमार्ग निर्माणमा उक्त बजेट खर्च गरिने बताइएको छ । ऐतिहासिक गाउँ थबाङमा युद्ध स्मारक र संग्राहलय निर्माणका लागि २ करोड रुपियाँ प्रस्ताव गरिएको छ । उक्त बजेट प्रदेश सरकारले विनियोजन गरेको हो ।

जिल्लाको पर्यटन विकास र प्रवद्र्धनका लागि संघीय सरकारले विनियोजन गरेको बजेटमध्ये ५ लाख पर्यापर्यटनमा खर्च गरिने भएको छ । सुनछहरी गाउँपालिकाको स्यँरीमा रहेको सुनछहरी झरना विकास र प्रवद्र्धनमा उक्त रकम खर्च गरिने भएको छ । जलजला क्षेत्रमा गुरिल्ला पदमार्ग निर्माणका लागि संघीय सरकारले ३५ लाख रुपियाँ विनियोजन गरेको छ । उक्त रकम पर्यटकीय क्षेत्र जलजलाको प्रवेशद्वारको रुपमा रहेको जेल्बाङ जलजला पदमार्गमा खर्च गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै यार्सा ट्रेक शीर्षकमा ३० लाख रुपियाँ विनियोजन गरिएको छ । सो बजेटबाटत यार्सा पदमार्गको रुपमा खर्च गरिने भएको छ । शिवगुफा संरक्षण तथा प्रवद्र्धन अन्तरगत १५ लाख बजेट छुट्याइएको छ । उक्त बजेट जिल्लाको त्रिवेणी गाउँपालिका जुगारमा रहेको शिव गुफा संरक्षणमा खर्च गरिने भएको छ । युद्ध संग्राहलय निर्माणको लागि जिल्लामा ४० लाख बजेट भित्रिएको छ । उक्त बजेट युद्ध संग्राहलय भवन निर्माण वा घेराबारमा खर्च गरिने बताइएको छ । थबाङमा शहिद स्मृति राष्ट्रिय संग्राहलय बन्ने भएको छ ।

उक्त शीर्षकमा संघीय सरकारले २० लाख बजेट विनियोजन गरेको रोल्पाका डिभिजन वन अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । पर्यटन विकासका लागि जिल्लामा आएको बजेट सदुपयोग गरी उपलब्धिमुलक काम गर्नुपर्ने सरोकारवालाले बताएका छन । स्थानीय सामुदायिक वन उपभोक्ता समँहसँंग सहकार्य गरी काम गर्नुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष मनसिंह डाँगीले सुझाव दिनुभयो ।

स्थानीय सरकार र स्थानीय समुदायसँंग सहकार्य गरी काम गर्न सके जिल्लाको पर्यटन विकासमा योगदान पुग्न सक्छ अध्यक्ष डाँगीले भन्नुभयो ।

जनमुक्ति सेनाको क्याम्प स्थापना गरिएको स्थान तिलामा जनयुद्ध संग्राहलय बनाउने भन्दै कानुनी प्रक्रिया पँरा गरी गुरुयोजना समेत तयार भए पनि बजेट विनियोजन हुन नसक्नु दुखद् भएको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले बताउनुभयो । सघन पर्यटन विकासका लागी जोडवल गरिएको स्थानमा बजेट नआउदा आफँलाई दुःख लागेको प्रमुख बुढाको भनाइ छ ।