मकै जोन कार्यक्रम शुरू

0
Shares

बैतडी, (नेस)
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन इकाई मकै जोन बैतडीले जिल्लामा सञ्चालनमा गर्ने मकै जोन कार्यक्रममा सँचीकृत हुनको लागि कृषक समँहलाई आग्रह गरेको छ ।

मकै जोन कार्यालयले सँचना जारी गर्दै कार्यक्रम लागँ भएका दोगडाकेदार, सँर्नया, पञ्चेश्र गाउँपालिका दथरथचन्द र पाटन नगरपालिकाका कृषक समँहहरुलाई पुस २४ गतेभित्र आवश्यक कागजातसहित कार्यालयमा निवेदन दिन आग्रह गरेको हो ।

मकैजोन कार्यालयले मकै खेती ५ सय हेक्टर बढी ठाउँमा एउटै क्षेत्रमा भइरहेको ठाउँलाई क्षेत्र निर्धारण गरेको हो ।

निवेदन दिने कृषकले परियोजनाले तयार गरेको परियोजनाको फम्र्याट अनुसारको विवरण, समँह सहकारी तथा कृषि फर्म दर्ताको प्रमाणपत्र नवीकरण र सहकारीको लेखापरीक्षण प्रतिवेदन पनि पेश गर्नुपर्ने परियोजना कार्यान्वयन इकाई मकै जोन बैतडीका निमित्त प्रमुख महेश प्रसाद अवस्थीले बताउनुभयो ।

यस्तै समँह सहकारी तथा फर्मको बैठकको निर्णयको प्रतिलिपी र आवेदन फारममा१० को टिकट पनि लगाउनपर्नेछ । समँहको हितकोष रकम, सहकारी तथा फर्मको बचत रकम तथा आयव्यय विवरणसँंगै मकै खेतीले ढाकेको क्षेत्रफल र घरधुरीको विवरण पनि कार्यालयमा पेश गर्नुपर्नेछ ।
समँह सहकारीमा आबद्ध महिला, पुरुष, दलित तथा जनजातीको विवरण पनि कृषक समँहले मकै जोन कार्यालयमा बुझाउनुपर्ने मकै जोन कार्यालय बैतडीले जनाएको छ ।

मकै खेतीको विस्तार, आधुनिकीकरण र औद्योगिकरणका लागि बैतडीमा गत असोजमा पहिलोपटक मकै जोन कार्यालय स्थापना गरिएका थियो ।

मन्त्रीस्तरको निर्णयअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहने गरी कार्यालय स्थापना भएको छ । मकै खेतीको विस्तार, आधुनिकीकरण र औद्योगिकरणका लागि कार्यालय स्थापना गरिएको जनाएको छ ।
मकै खेती प्रविधिलाई उन्नत बनाउँदै युवा स्वरोजगारी सिर्जना गर्ने, खाद्यान्न आयतलाई प्रतिस्थापन गर्ने लगायतका कार्यमा कार्यालयले सहयोग पु¥याउनेछ ।

बैतडी मकै उत्पादनका लागि राम्रो मानिएकाले यो जिल्लामा मकै जोन कार्यालय स्थापना भएको हो ।
बैतडीमा १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ ।