उपलब्धिविहीन लगानी सम्मेलनले खर्चमात्रै बोकायो

0
Shares

गणेश घिमिरे, इलाम
शुक्रबार सम्पन्न लगानी सम्मेलनले इलाम नगरपालिकाको खर्चमात्रै बढायो उपलब्धि भने शँन्य भएको छ । निक्कै तामझामका साथ महिनौदेखिको तयारीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको सम्मेलनपछि इलाममा नयाँ लगानीको प्रतिबद्धता नआएको र आयोजकले त्यसप्रति चासो पनि नदेखाएका कारण लगानी सम्मेलनको खर्च बालुवामा पानी खन्याएजस्तै भएको हो ।

सम्मेलनको उद्घाटनपछि जिल्लामा सम्भाव्य आयोजनाहरूका बारेमा जानकारी दिइने र त्यसमा लगानीका निम्ति आह्वान हुने अपेक्षा गरिएको थियो । नगरपालिकाले उद्योगी व्यवसायीसँंग बसेर छलफल अन्तक्र्रिया गरी इलाममा लगानीकर्तालाई लगानी गराउने गरी वातावरण तयार पार्ने प्रचार पनि गरिएकोे थियो । तर, प्रधानमन्त्रीको सम्बोधनपछि आयोजकले एकाएक कार्यक्रम समापन भएको घोषणा गर्दा उद्योगी व्यवसायीसहित सम्मेलनमा सहभागी अचम्मित भएका थिए ।

‘आफँहरूलाई सम्मेलनमा केबल प्रधानमन्त्रीको भाषण सुन्न र उहाँलाई अभिनन्दन गरेको हेर्न र ताली बजाउनका लागि मात्र बोलाइएको जस्तो देखियो, प्रधानमन्त्रीको भाषण सुन्न इलामै आउनुपर्छ भन्ने थिएन ।’ कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुको गुनासो थियो । ‘जुन उद्देश्य राखेर कार्यक्रमको आयोजना गर्नुपर्ने हो, त्यो नहुँदा लगानी सम्मेलन हो कि पार्टीको कार्यक्रम आफँहरुले छुट्टाउन नसकिएन ।’ ती उद्योगीको भनाइ छ । जिल्लामा बाह्य लगानी कम भइरहेको अवस्थामा बाह्य लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलनको आयोजना भएको थियो । तर, जुन विषयमा केन्द्रित भएर कार्यक्रम हुनुपर्ने हो त्यो भने नभएर प्रधानमन्त्रीको अभिनन्दनमा मात्रै केन्द्रित भएको सहभागीले बताए ।

जिल्लामा उद्योगी व्यवसायीले कुन–कुन क्षेत्रमा लगानी गर्न सक्छन्, कतिसम्म लगानी गर्न सकिन्छ, नगरपालिकाले के सहजीकरण गर्न सक्छ भन्नेलगायतका विषय छलफल हुने सोचेर आएको बताएका थिए । तर, त्यस्तो नभएपछि उनीहरु निराश बनेर फर्केका छन् । सम्मेलनमा झापा, मोरङ, काठमाडौं लगायतका जिल्लाबाट ३० जनाभन्दा बढी उद्योगि व्यवसायी उपस्थित थिए ।

उपलब्धिविहीन सम्मेलनले नगरपालिकालाई लाखौ रुपियाँ खर्च मात्रै बोकाएको छ । नगरपालिका स्रोतका अनुसार सम्मेलनका निम्ति ६ लाख रुपियाँभन्दा बढी खर्च भएको बताइएको छ । नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले खर्चको बारेमा आफँ लाई जानकारी नभएकाले प्रमुख प्रशासकीय अधिकृतसँग बुझ्न आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीले पनि खर्चको बारेमा आफँलाई जानकारी नभएको भन्दै पन्छिनुभयो ।

लगानी सम्मेलनमा लगानीका विषयमा छलफल नै भएन प्रधानमन्त्रीको अभिनन्दनमात्रै भयो, किन होला भन्ने जिज्ञासामा नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले प्रधानमन्त्रीको सम्बोधनपछि उद्योगी व्यवसायीसँग छलफल गर्ने कार्यतालिका भए पनि कार्यक्रमस्थल परिवर्तन हुनु र व्यवसायीले प्रधानमन्त्री नै कार्यक्रममा नभएपछि आफँहरु मात्र बसेर छलफल गर्नुको उपलब्धि नहुने भन्दै हिँडेको बताउनुभयो । अब चाँडै इलामनगरपालिका, उद्योग बाणिज्य महासंघ, उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १, इलाम उद्योग बाणिज्य संघ र केही ठँला उद्योगी व्यवसायीसँग बसेर छलफल गरी लगानी भित्र्याउने रणनीतिसहित इलाम घोषणापत्र तयार पार्ने तयारीमा रहेको उहाँको दाबी छ ।

प्रवक्ता श्रेष्ठले लगानीका विषयमा छलफल गर्ने कार्यतालिका रहेको दाबी गरे पनि नगरपालिकाकातर्फबाट जिल्लामा लगानीको सम्भाव्यता प्रस्तुत गर्ने विषयमा कुनै तयारी नभएको स्रोतको भनाइ छ । नगरपालिकाले लगानी सम्मेलनको तयारी गर्न भन्दा प्रधानमन्त्रीको अभिनन्दन गर्नेतर्फ नै ध्यान दिँदा ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखानस्तै भएको स्रोतले भन्यो ।

विपक्षी दलहरुको विरोधका बाबजुत प्रधानमन्त्रीलँई अभिनन्दन गर्ने कार्यक्रम राखिएको र सम्मेलनको उपदेयतामाथि नै प्रश्न उठेपछि विरोधीहरुलाई रामै्र मसलामात्रै भएको छैन, आफँहरुको करको दुरुपयोग भएको भन्दै जनआक्रोश पनि उत्पन्न भएको छ ।