किरन धामी, दार्चुला
दार्चुला जिल्लाको उत्तरी सिमानाकामा सिमा सुरक्षा पोष्ट (बिओपी) तयारी भैइरहेको सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नम्बर ५० गुल्म दार्चुलाका निमित्त सशस्त्र प्रहरी प्रमुख ईस्वरी दत्त भट्टले बताएका छन् । मन्त्रिपरिषद्बाट सशस्त्र प्रहरी बलको दरबन्दी हेरफेर तथा सांगठनिक पुनस्संरचना सम्बन्धी प्रतिवेदन पास भए सँगै उत्तरी सीमामा बिओपी राख्ने तयारी थालिएको उनले जानकारी दिए ।
तयारी स्वरुप ब्याँस गाउँपालिका वडा नम्बर १ छाङ्गरु र दुम्लिङका स्थानिय संग सशस्त्र प्रहरीको सिमा सुरक्षा पोष्ट कुन ठाउँमा राख्न उपर्युक्त हुन्छ भन्ने बारे राय सुझाव लिएको उनले जानकारी दिए । सो क्षेत्रका स्थानियहरुले गाउँपालिकाको वडा नम्बर १ मा पर्ने कौवा भन्ने स्थानमा सिमा सुरक्षा पोष्ट राख्न उपर्युक्त हुने सुझाव दिएको निमित्त सशस्त्र प्रहरी प्रमुख भट्टले जानकारी दिए ।
स्थानियले दिएको सुझावका आधारमा अबको केहि दिन भित्र उक्त जग्गाको स्थलगत निरिक्षण गर्न सशस्त्र प्रहरीको टोली त्यसतर्फ जाने उनले जानकारी दिए । उक्त जग्गा सुरक्षाका दृष्टिकोणले राम्रो छ की छैन्, भन्ने बारे स्थलगत निरिक्षण गरिने उनले जानकारी दिए । सो क्षेत्रमा बिओपी बाह्रै महिना रहने उनले जानकारी दिए ।
नयाँ वर्ष २०७६ को वैशाख महिनाबाट सिमानाकामा सशस्त्र प्रहरीको सुरक्षा सहितको टोली बस्ने गरी कार्य भैइरहेको उनको भनाई छ । सिमा सुरक्षा पोष्टमा सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ३५ जनाको टोली बस्ने उनले जानकारी दिए । सिमानाकामा हुने अवैध किसिमका गतिविधि जस्तै चोरी तस्करी नियन्त्रण, वन्यजन्तुको अखेटो पहार ओसार पसार, अवैध जडिवुटि तस्करी, भञ्सार छली, मानव तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले सुरक्षा दिने उनले जानकारी दिए ।











प्रतिक्रिया