किमोनोलाई लिएर भिक्षुहरूको व्यंग


टोक्यो, (एजेन्सी)
जापानी भिक्षुहरूले आफ्ना परम्परागत पोशाक कति अवरोधविहिन छन् भन्ने प्रमाणित गर्न किमोनो लगाएर नै स्किपिंग , स्केटिंग र जगलिंग गरिरहेको शुक्रवार योमीउरी सिम्वुनले जनाएको छ।

किमोनो लगाएर सुरक्षित ढंगले कार चलाउन नसकिने भन्दै प्रहरीले एकजना भिक्षुलाई गिरफतार गरेर जरिवाना तिराएपछि अन्य भिक्षुहरूले किमोनो नै लगाएर त्यसरी विभिन्न खेल प्रदर्शन गर्न थालेका हुन्। तर पक्राउमा परेका ति भिक्षुले जरिवाना वापत ५५ अमेरिकी डलर तिर्न भने अस्विकार गरेका छन्।

अनलाइन मार्फत ति भिक्षुलाई कारावाही गरेको विरुद्धमा बौद्ध समुदायले विरोध गर्न थालेको छ। भिक्षुहरूले म किमोनो लगाएर यो यो गर्नसक्छुँ भन्ने अभिव्यक्ति सहित विभिन्न काम गर्दै गरेका भिडियोहरू टिवटरमा राख्न थालेका छन्।

अब तिनीहरूले अन्य विभिन्न किसिमका साहसिला कामहरू पनि किमोनो लगाएर गरेका भिडियोहरू पनि राख्न लागेको जनाएका छन्। योमीउरी सिम्वुनका अनुसार गत सेप्टेम्वरमा जापानको फुकुइ प्रान्तमा एउटा बौद्ध सम्बन्धी कार्यक्रममा भाग लिन जाने क्रममा प्रहरीले ति भिक्षुलाई पक्राउ गरेको थियो।